सिमकोट । तापक्रम माइनसबाट तल झरेपछि हिमाली जिल्ला हुम्ला र चीनको सिमाना हिल्साका खानेपानीका धारामा बरफ जम्न थालेको छ ।
अत्याधिक जाडो बढेपछि खानेपानीका धारमै वरफ जम्न थालेको हो ।
गएको कात्तिक दोस्रो सातादेखि हुम्लामा चिसो बढ्न थालेपछि खानेपानीका धाराको पाइपमै बरफ जमेको हो । रातिको समयमा अत्यधिक चिसो हुने भएकाले धारामा बिहानको समयमा बरफ जमेको सशस्त्र प्रहरी बल हुम्लाका प्रहरी निरीक्षक तथा बिओपी हिल्साका प्रमुख सुरज केसीले जानकारी दिए । उनका अनुसार बाल्टिनलगायत अन्य भाँडोमा राखेको पानी बिहान उठ्दा पुरै जम्ने गरेको हो ।
'खानेपानीको पाइप भित्रको बग्नेपानि पनि बिहान जमेर पुरै पाइप जाम हुन्छ', केशीले नेपालबोटसँग भने, 'बिहान कितलीमा पानी तताएर पाइपमा राखेर वरफ नपग्लाएसम्म पाइबाट पानी झर्दैन ।'
'तातो पानि नराखेको दिन दिउँसो घाम लागेपछि मात्रै जमेको पानी बिलाउने गरेको बताएका केसीका अनुसार जाडोलेअहिले हिल्सामा बस्ने सबै होटेल व्यवसायि त्यहाँबाट भागेपछि अहिले सीमा सुरक्षाका लागि स्थापना भएको सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका सुरक्षाकर्मी मात्रै बसेका छन् ।
'चिसो बढ्दै गएपछि हिल्सा प्रहरी चौकीले मंसिर पहिलो सातातिर सदरमुकाम सिमकोट सर्ने तयारी गरिरहेको छ', उनले थपे, 'हरेक वर्ष जाडोमा सिमकोट स्थानान्तरण हुने प्रचलन अनुसार प्रहरी चौकी सिमकोट सरेपनि सशस्त्र भने हिल्सामै रहन्छ ।'
पुस र माघ दुई महिना हुम्लामा अत्यािधक हिमपात हुनुका साथै तापक्रम माइनस २० डिग्रीभन्दा पुग्ने गर्दछ ।