मुगु । कोरोना भाइरसको त्रासकाबीच हिमाली जिल्ला मुगुमा मंगलवारबाट कक्षा ११ को वार्षिक परीक्षा सुरु भएको छ ।
कोरोनाको कहरले बन्द भएको कक्षा ११ को परीक्षा जिल्लाको छाँयानाथ रारा नगरपालिकामा रहेको महाकाली नमुना माद्यमिक विद्यालयले मंगलबार (आज)बाट सुरु गरेको छ । जिल्लाका अन्य तिन गाउँपालिकाले भने आफ्नो अनुकुलताका आधारमा परिक्षा सञ्चालन गरेको जानकारी दिएका छन् ।
मुगुमा एक नगरपालिका सहित तिन गाउँपालिकामा ११ वटा प्लस टु सम्म पढाई हुने माद्यमिक विद्यालय रहेका छन् । उनीहरुले आआफ्नो समय अनुकुलका आधारमा परिक्षा सञ्चालन भईरहेको छाँयनाथ रारा नगरपालिका शिक्षा शाखाका प्रमुख खड्गबहादुर रोकायाले जानकारी दिए ।
उनका अनुसार कार्तिक २३ गते बाट सञ्चालन भएको कक्षा ११ को परीक्षा सोमबार दोस्रो दिन जिल्लाको नमुना माध्यामिक बिद्यालय, वुद्घ माग्रीको बिद्यालयमा नियमित तर्फ ३० जना मध्ये २ जना अनुपस्थित भएका थिए । २८ जना सहभागी अंशिक तर्फ ३४ जना लगायत अन्य विभिन्न विषयमा ३६ जना छात्र र २८ जना छात्रा सहभागी भएका छन् ।
यस्तै मंगलबारबाट सुरु गरेको महाकाली माध्यमिक विद्यालयलमा नियमिततर्फ २ सय ४ जना मध्ये १ सय ८० उपस्थिीती रहेको विद्यालय प्रशासनले जनाएाके छ । २४ जना भने अनुपस्थिती रहेको महाकाली नमुना माद्यमिक विद्यालय मुगुका प्रधानाध्यापक देबबहादुर मल्लले बताए । उनका अनुसार ९१ जना छात्र र ८९ जना छात्रा सहभागि रहेका छन् ।
त्यस्तै आंशिकमा १ सय २६ जना रहेका छन् भने ति मध्ये १ सय ८ जना आजदेखि शुरु भएको परिक्षामा उपस्थिीति छन् ।
४० अंकको बाह्य र ६० अंकको आन्तरिक मूल्यांकनबाट पूर्ति गर्ने गरी मंगलवार बाट परीक्षा सञ्चालन भएको हो । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा हुनु अगाबै प्रत्येक विद्यालयले परीक्षा लिएर मूल्यांकन गरी परीक्षा नियन्त्रण कार्यालयमा पेश गर्ने भन्ने आधारमा बुधबारदेखि परीक्षा सञ्चालन गरिएको शिक्षक डिलेन्द्र मल्लले जानकारी दिए ।
४० अंकको प्रश्नपत्र र राष्ट्रिय परीक्षा बोर्डले तोकेको मापदण्ड अनुसार नै प्रश्नपत्र वितरण गरेर परीक्षा सञ्चालन गरिरहेको मल्लले बताए । विद्यालय आफैले नतिजाको सबै तयारी गरी प्रश्नपत्रहरु चेकजाँच गरी रिजल्ट सिट बनाएर राष्ट्रिय परीक्षा बोर्डमा पठाउने र त्यसको आधारमा परीक्षाफल प्रकाशन गर्ने नियम रहेको विद्यालयले जनाएको छ ।
छाँयानाथ रारा नगरपालिकाले शैक्षिक संस्था सञ्चालनका लागि अनुमति दिएपनि स्वास्थ्य सम्बन्धि कुनैपनि सामग्री नदिएको पाइएको छ । विद्यालयले पुरा गर्न सक्ने मापदण्डहरु मास्क, सेनिटाइजर, र परीक्षा हलमा पनि भौतिक दूरीमा परीक्षा सञ्चालन गरिएको शाहीले बताए । यसैबिच नगरपालिकाकै प्रभात माद्यमिक विद्यालय रोवामा बुधवारबाट परिक्षा सञ्चालन हुने जानकारी दिएको छ ।