सिमकोट । काठको घोचोले शिलापत्र अड्काएर कर्णाली प्रदेशका प्रमुख गोविन्द कलौनीले स्वास्थ्य सेवा कार्यालय हुम्लाको नयाँ (प्रशासनको) को उद्घाटन गरेका छन् ।
कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावललगायतका अधिकारीसँग हुम्ला पुगेका प्रदेश प्रमुख कलौनीले आज (बुधबार) एक कार्यक्रमकाबीच उक्त भवनको उद्घाटन गरेका हुन् ।
भवन उद्घाटनको शिलापत्र घोचो लगाएरै कर्णाली प्रदेशका प्रमुख कलौनीले स्वास्थ्य सेवा कार्यालयको भवन उद्घाटन गरेका छन् । प्रदेशका प्रमुख नैं प्रमुख अतिथिका रुपमा रहेको उक्ता कार्यक्रममा शिलापत्रलाई कार्यालयको गेटमा काठको टुक्राले घोचो लगाएर काम चलाउ उद्घाटन गरिएको हो ।
संघिय सरकारको बजेटमार्फत निर्माण भएको स्वास्थ्य कार्यालयको नव निर्मित भवनको उद्घाटन गर्ने बारेमा मंगरबार वेलुका मात्रै प्रदेश प्रमुख जिल्लाका आउने जानकारी विभागिय मन्त्री दल रावलबाट पाएपछि हतारमा शिलापत्र बनाएको स्वास्थ्य सेवा कार्यालयले शिलापत्र राख्ने ठाउँ नै नगरका कारण काठको घोचोमा भवन उद्घाटनको औपचारिकता पुरा गरेको स्वास्थ्य सेवा कार्यालयका एक कर्मचारीले जानकारी दिए । ति कर्मचारीले सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) कर्णाली प्रदेश संसदीय दलको बैठकमा देखिएको विवाले सामाजिक विकास मन्त्री रावलको पद जाने हल्लाकैबीच अन्तिम समयमा रोकिएको एक सातामै अचनाक हुम्ला पुगेपछि सामाजिक विकास मन्त्री रावलले जिल्लाको भ्रमण तय गरेकाले पनि शिलापत्र व्यवस्थित गर्न नसकिएको जानकारी दिए ।
'भवन डिभिजन कार्यालय जुम्लामार्फत संघिय सरकारको २ करोड ९७ लाख ९१ हजार ७ सय २२ रुपैँया ८९ पैसाको लागतमा सम्पन्न भएको हो,” प्रमुख सिंहले नेपालबोटसँग भने, स्वास्थ्य सेवा र्काालयका सबै प्रशासनिक फाँटका कार्यालय राख्ने गरी उक्त भवन निर्माण गरिएको हो ।
भवन उद्घाटन कार्याक्रममा बोल्दै, कर्णाली प्रदेशका प्रमुख गोविन्द प्रसाद कलौनीले कर्णाली सम्भावना बोकेको प्रदेश भएकाले यहाँको समस्यालाई नजिकबाट बुझ्ने मौका पाएको बताए । प्रकृतिले दिएको चीजलाई सदुपायेग गराउनको लागी आफुले प्रदेश, संघ सरकारलाई बढी भन्दा बढी ध्यान दिनका लागी आग्रह गर्ने समेत बताए ।
यस्तै स्वास्थ्य संरचना र स्वास्थ्यको जनशक्तिले निकै पछि रहेको कर्णाली प्रदेशमा आफ्नो दुई वर्षको कार्यकालमा निकै अगाडी बढ्नुका साथै संघ सरकारले प्रशंसा समेत गरेको सामाजिक विकास मन्त्री दल रावलले बताए । अबको थप दुई वर्षमा हुम्लालाई २५ शैयाको अस्पतालबाट ५० शैयाको अस्पतालमा रुपान्तरण गर्ने मन्त्री रावलले बताए ।
गतवर्ष नै निमार्ण सम्पन्न भई कार्यलयको सेवा सुचारुप भएको र भवन डिभिजन कार्यालय जुम्लाको आर्थिक लागतमा निर्माण सम्पन्न गरेको स्वास्थ्य प्रमुख सिंहले बताए ।