काठमाडौं । कोरोना सङ्क्रमण भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ ।
मन्त्रिपरिषद्को आज बसेको बैठकले केसीको उचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको अर्थमन्त्री विष्णु पोडेलले जानकारी दिए । केसीलाई हिजो कोरोना सङ्क्रमण पुष्टि भएको थियो । ८० वर्षका केसीको ललितपुरस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।
यसैबीच केसीको उपचारका लागि आर्थिक संकलन नगरिने भएको छ । जनमोर्चाले आज एक विज्ञप्ति जारी गर्दै केसीको उपचारमा लाग्ने सम्पूर्ण खर्च सरकारले बेहोर्ने बताइसकेका कारण उपचार खर्च जुटाउनका लागि आर्थिक संकलन नगर्ने जनाएको हो । यसअघि केसीको स्वास्थ्य अवस्था गम्भीर रहेको भन्दै जनमोर्चाले उपचारका लागि सहयोगदाताहरुसँग सहयोग गर्न अपिल गरेको थियो ।
यस्तै रकारले नेपालमै रासायनिक मल उत्पादन गर्ने उद्योग खोल्ने बिषयमा सम्भाव्यता अध्ययन गर्न समिति गठन गरेको छ । मन्त्रिपरिषदको बैठकले अर्थमन्त्री विष्णु पौडेलको नेतृत्वमा तीन सदस्यीय अध्ययन समिति गठन गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले दिनुभएको जानकारीअनुसार समितिमा उद्योगमन्त्री लेखराज भट्ट र कृषिमन्त्री घनश्याम भुसाल रहेका छन् ।
हरेक वर्ष मल अभाव हुदाँ किसानहरु मर्कामा परेको र यो वर्ष छिमेकी बंगलादेशले पैँचोमा समेत मल नदिएपछि सरकारले यस्तो निर्णय गरेको हो । सरकारले यो वर्षका लागि तत्काल मल ल्याउने व्यवस्था गर्न कृषि मन्त्रालयलाई निर्देशनसमेत दिएको मन्त्री गुरुङले जानकारी दिए । उनका अनुसार मन्त्रालयलाई टेन्डरबाट नभई जीटुजीका माध्यमबाट मल ल्याउन निर्देशन दिइएको छ ।
यसैगरी पुस्तकमा लगाइएको कर पनि हटाउने निर्णय गरेको छ । अर्थमन्त्री पौडेलको प्रस्तावमा सो निर्णय भएको हो । यसैगरी ९७५३ स्थानीय तहमा रहेका युवा स्वरोजगार संयोजक मार्फत बेरोजगारहरुको तथ्याक संकलन गर्ने निर्णय पनि सरकारले गरेको छ ।
यस्ता छन् मन्त्रीपरिषद्ले गरेका अन्य निर्णयहरु
– करको दर घटाउनेः पुस्तकको आयात लगायतमा लागेको कर
– ७५३ स्थानीय तहमा रहेका युवा स्वरोजगार संयोजक मार्फत बेरोजगारहरुको तथ्याक संकलन गर्ने
– कोरोना कोषमा मन्त्रीहरुको आधा तलव जम्मा गर्ने
– सार्वजनिक खर्चमा मितब्यतिता गर्ने मापदण्ड स्वीकृत गर्ने
– चिया निर्यातका लागि १७ करोड १५ लाख अमेरिकी डलर अनुदान स्वीकृत गर्ने
– औद्योगिक ग्रामको प्रस्ताव स्वीकृत गर्ने ।
–रासायनिक मल हिउदे बालीका लागि मत खरिद गर्न जु टु जि माध्यमवाट छिटो ल्याउन निर्देशन दिने
– मलको स्वदेशमा कारखाना स्थानपना गर्न अर्थ र उद्योग र कृषिमन्त्रीको नेतृत्वमा सम्भाव्यता अध्ययन समिति गठन
– नेपालमा मल उद्योगबारे प्रतिवेदन पेश गर्ने ।
– कोरोना खोपको प्रस्ताव तथा कार्ययोजना स्वीकृत
– कोरोनाको उपचारका लागि अनुदान उपलव्ध गराउने आदेश संशोधन
– भक्तपुर क्यान्सर अस्पताल समिति गठन गर्ने