ऐजेन्सी । फिलिपिन्समा टाइफुन भान्को नामक तुफानका कारण कम्तिमा ४२ जनाको मृत्यु भएको छ । अन्य २० जना बेपत्ता छन् ।
लुुजोन टापूूमा यस तुफानका कारण पहिरो जाँदा सडकहरु अवरुद्ध भएका छन् । जसकारण, धेरैजना आफ्नो घर छाडेर हिंड्न बाध्य भए । राजधानी मनिलासहित देशका विभिन्न स्थानमा रहेका बिस्थापित केन्द्रमा दशौं हजार मानिसहरुले यतिबेला आश्रय लिइरहेका छन् ।
बुधबार रातीदेखि गएको यो शक्तिशाली तुफान बिहीबार बिहानसम्म पनि समाप्त भएको थिएन । यतिबेला प्रहरी र अन्य उद्धारकर्ताहरु लुजोनमा छन् । मनिलाबाट पूर्वतर्फ पर्ने मारिकिना शहर यस आँधीबाट सर्वाधिक प्रभावित क्षेत्रमध्ये एक हो ।
‘तुफानपछि आएको बाढी घरकोे पहिलो तल्ला पार गर्दै माथिसम्म पुुगेको छ,’ मारिकिना शहरका मेयर मार्सेलिनो टियोडेरोले भने,‘हामीले यस्तो बाढी महिनौं वा वर्षौदेखि देखेका थिएनौं, त्यसैले सबैजना अचम्मित छन् ।’
यस वर्ष फिलिपिन्समा आएको यो २१ औं आँधी हो । सातादिनअघिमात्रै फिलिपिन्समा गोनी नामक तुफान गएको थियो, जो ७ वर्षयताकै शक्तिशाली तुफान हो । फिलिपिन्समा विध्वंश मच्चाएपछि भान्को अहिले भियतामतर्फ गइरहेको छ, यहाँ बाढीका कारण गत महिना १ सयभन्दा धेरै मानिस मारिएका थिए । फिलिपिन्समा आँधी तुफान नौलोे होइन । तर यस वर्षको उद्धार तथा प्रतिक्रिया कार्यलाई कोरोना भाइरस महामारीले प्रभावित ग¥यो ।
फिलिपिन्समा ४ लाखभन्दा धेरैमा कोरोना भाइरस देखिएको छ भने ७ हजार ७ सय ५२ जनाभन्दा धेरै मारिएका छन् ।