महोत्तरी । आजपनि महोत्तरीको बर्दिवास तनावग्रस्त छ ।
मङ्गलबार प्रहरीको गोली लागी घाइते भएका बर्दिवास–१ का बुद्धिराज न्यौपानेको उपचारका क्रममा काठमाडौँस्थित ग्राण्डी अस्पतालमा मृत्यु भएको खबरले यहाँ आज फेरि आन्दोलन चर्केको हो ।
सम्भावित अप्रिय घटनालाई रोक्न स्थानीय प्रशासनले बुधबार बिहान ९ बजेदेखि भोलि बिहानसम्मका लागि निषेधाज्ञा जारी गरेको छ । आज बिहानदेखि नै बर्दिबासको अवस्था तनावग्रस्त रहेको छ ।
प्रदर्शनकारीको टाउको र छातीमा प्रहरीको गोली
आन्दोलनमा उत्रिएका स्थानीयबासीमाथि प्रहरीले गोली चलाएको छ। प्रहरीले चलाएको गाली लागेर चारजना घाइते भएका छन्।
प्रहरीले भीड नियन्त्रणमा लिन गोली चलाएको हो। साधारणतयास् भीड नियन्त्रण गर्दा हवाई फायर गर्नुपर्ने हुन्छ। तर प्रहरीले चलाएको गोली केही प्रदर्शनकारीको टाउकोमै लागेको छ। गोली लागेर तीनजना प्रदर्शनकारी घाइते भएका छन्। गोली लागेर स्थानीय ३५ वर्षीय सञ्जय न्यौपाने, श्याम कार्की र अफताब आलम घाइते भएका हुन्।
न्यौपानेको तिघ्रामा र आलमको टाउकोमा गोली लागेको छ। न्यौपानेको बर्दिबासस्थित पिनायक हस्पिटलमा हुन नसकेपछि थप उपचारका लागि काठमाडौं रेफर गरिएको छ। प्रदर्शनमा उत्रिएका श्याम कार्कीलाई प्रहरीले हानेको ४ राउण्ड गोली लागेको छ। कार्कीको छाती, घाँटी, पाखुरा र हातमा गोली लागेको छ। अन्य घाइतेको शुभ स्वस्तिक हस्पिटलमा उपचार हुँदैछ।
कार्कीको बर्दिबासमा उपचार सम्भव नभएपछि थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ। बालिका हत्याको विरोधमा स्थानीयवासीले महोत्तरीको बर्दिबास नगरपालिकास्थित पूर्व९पश्चिम राजमार्ग अवरुद्ध गरेका छन्। प्रदर्शनमा नियन्त्रणमा लिन प्रहरीले पाँच राउण्ड अश्रु ग्याँस समेत प्रहार गरेको छ।
स्थानीयले शव बोकेर सडकमा प्रदर्शन गरेका छन्। बर्दिवास नगरपालिका-१४ शुभम् बस्तीका सहिद आलमकी ६ वर्षीया छोरी आइतबार साँझदेखि बेपत्ता भएकी थिइन्। उनको शव सोमबार साँझ घर नजिकै बोरामा पोको पारेको फालेको अवस्थामा फेला परेको थियो।