काठमाडौं । तपाई आप्mनो गाउँ र छिमेकमा कोरोना संक्रमितको संख्या बढेकोमा चिन्ता मानिरहनु भएको छ । नआत्तिनुहोला, यसको संक्रमणबाट निको हुनेको दर पनि नेपालमा बढ्दै गएको छ । पछिाल्लो समय नेपालका विभिन्न क्षेत्रमा कोरोना भाइरसको स.क्रमणबाट निको हुनेको दर ९२ प्रतिशत पुगेको छ ।
कोरोना निको हुनको संख्या २ लाख ७ हजार ९९८ पुगेको छ । मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमित १६ हजार ६३९ जना रहेका छन् भने संक्रमण मुक्त हुने दर ९२ प्रतिशत पुगेको छ ।
देशभर कुल संख्या २ लाख २६ हजार २६ पुगेको नेपालमा पछिल्लो २४ घण्टा भित्र ३१४० जना संक्रमणमुक्त भएपछि कूल कोरोजना मुक्त हुनेको संख्या २ लाख ७ हजार ९९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्व्र गौतमले जानकारी दिए ।
उनका अनुसार हाल देशभर सक्रिय संक्रमित १६ हजार ६३९ जना रहेका छन् भने संक्रमण मुक्त हुने दर ९२ प्रतिशत पुगेको हो ।
'पछिल्लो २४ घण्टामा देशभर १९४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ', डा. गौतमले भने, 'यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख २६ हजार २६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।'
यस्तै पछिल्ले २४ घण्टामा थप २८ जनाले ज्यान गुमाएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको कुल संख्या १३८९ पुगेको छ ।
देशभर ९ हजार २१० जनाको पीसीआर परीक्षण भएको पनि अहिलेसम्म पीसीआर गर्नेको संख्या १६ लाख ९० हजार ५०९ पुगेको छ ।