काठमाडौं । देशको प्रशासनिक केन्द्र सिंहदरबार भित्र सरकारले देशकै ठूलोभवन निर्माण गरिरहेको छ ।
केन्द्रिय संसदका रुपमा चिनिने संघीय संसदका दुवै सदन (तिनिधि सभा र राष्ट्रिय सभा, संसदीय समितिहरु, संसदीय दलका कार्यालयसमेत रहनेगरी १२ वटा ब्लकसहितको ठूलो भवनको काम अहिलेपनि धमाधम भैरहेको छ ।
देशका अन्य स्थानमा कोरोना कहरका कारण समयमा सञ्चालन नभैरहेका वेला सिहंदरबार भित्र निर्माण भैरहेको यो भवनलाई भने कुनै असर परेको छैन् । जहाँ हरेक दिन चार सय कामदारले निरन्तर रुपमा काम गरिरहेका छन् ।
सरकारले २०७६ असोजमा गरेको सम्झौता अनुसार उक्त भवन निर्माणको काम धमाधम अघि बढिरहेको छ । त्यहाँ न कोरोनाको असर छ नत कुनै विषयले अबरोध गरिरहेको छ । मूल्य अभिबृद्धि कर (भ्याट) बाहेक ५ अर्ब ६ करोड खर्च गरेर नयाँ संसद भवन निर्माण गरिरहेको संघीय संसद भवन निर्माण आयोजना प्रमुख दिलीप भण्डारीले बताए। उनका अनुसार तीन वर्ष भित्र सक्नेगरी सम्झौता भएको यो भवन चिनियाँ ठेकेदार कम्पनीसँगको संयुक्त साझेदारीमा नेपाली कम्पनी टुँडी कन्ट्रक्सनले निर्माण गरिरहेको छ।
भवन निर्माणमा भएको सम्झौता र तयारी अनुसार अहिलेसम्म ३० प्रतिशत भन्दा बढी भौतिक तथा वित्तीय प्रगति हुनुपर्ने भए पनि कोभिड महामारीका कारण १५ प्रतिशते मात्र प्रगति भएको छ। यो आयोजनालाई कोभिडकै कारणले ६ महीना ढिलो गराएको थिया।
सिंहदरबारको पुतली बगैँचाको १७३ रोपनी क्षेत्रफलमा निर्माण भइरहेको यो भवन बनाउन हाल दैनिक ४०० कामदार खटिएका छन्। दैनिक ७०० देखि ८०० कामदार खटिनुपर्ने भएपनि कोभिडको असर र चाडबाड भर्खरै सकिएकोले पूर्ण क्षमतामा कामले गति लिन सकेको छैन्।
अब विस्तारै सामान्य अवस्था हुँदै गरेकोले कामदार बडाउने र भवन निर्माणमा पनि गति बढाएर निर्धारित समय, २०७९ असोजभित्रै सक्ने लक्ष्य लिइएको भण्डारीको भनाईछ ।