मुगु । हिमाली जिल्ला मुगुको एक वडाले आप्mनो क्षेत्रमा रहेको बाँझो खेतबारीमा बाली नलगाउने घरधुरीलाई सरकारी सेवा सुविधा रोक्ने निर्णय गरेको छ ।
जिल्ला सदरमुकाम गमगडीसमेत रहेको छाँयानाथ रारा नगरपालिकाको वडा नम्बर ४ ले यस्तो निर्णय गरेको हो ।
गाउँमा भएको खेतीयोग्य जमिन बाँझो हुने दर हरेक वर्ष बढ्दै जान थालेपछि वडालेयस्तो निर्णय गरेको वडा अध्यक्ष विष्णुकुमार भामले जानकारी दिए ।
यहि मंसिर ३ गते बसेको वडापालिकाको बोड बैठकले यस्तो निर्णय गरेको हो वडा अध्यक्ष भामले बताए । “बाली नलगाएर जग्गा बाँझो राख्नेलाई वडाबाट प्रदान हुने कुनै पनि सरकारी सेवासुबिधा नदिने निर्णय गरेका छौं,” वडा अध्यक्ष भामले नेपालबोटसँग भने, “खेतीयोग्य जमिन बाँझो रहने प्रचलन दिनप्रतिदिन बढेकाले थप खाद्यन्न संकट पर्ने भएपछि वडालेयस्तो जिर्णय गरेको हो ।”
पछिल्लो समय बजारमा आयातित खाद्यान्न भित्रिएपछि स्थानीय ग्रामिण भेगमा पाईने रैथाने बालि अन्न उपजहरु हराउन र खेतीपाति गर्न छोडेपछि वडा कार्यालयले बचाउनको निम्ति यस्तो निर्णय गरेको वडा कार्यालयले जनाएको छ । परम्परागत रुपमा उत्पादन हुने दर्जनौ प्रकारका अन्न बालि लगाउँदा त्यसको बजार राम्रो पाउने भएपनि स्थानीयले जग्गा बाँझो राखेकाले वडालेयस्तो गर्नुपरेकोबताइएको छ ।
वडाका नागरिकले बर्षे बालीमा कोदो, धान, मकै, सिमी, फापर,आलु र हिउँदे बालीमा जौं र गहुँ उत्पादन गर्दे आइरहेका छन् । यी वस्तीमा केही वर्षयता हिउँदे अन्न बाली जौँ र गहुँ लगाउन छोडेर तरकारी खेती गर्दै पनि आइरहेका हुन ।
यता वडा सरकारबाट जग्गा बाँझो राख्नेलाई सरकारी सेवा रोक्का गर्ने निर्णय गरेपछि कृषकहरुका लागि थप राम्रो भएको छाँयानाथ रारा नगरपालिका ४ भामबाडाका युवा कृषक अंख भामले बताए । चार(पाँच वर्षअगाडि पाँच हलभन्दा बढी जग्गामा लगाएको बाली बिक्रीबाट ५० हजारभन्दा बढी आम्दानी गरेको कृषक भिमबहादुर रोकाया बताउँछन् ।