सिमकोट । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका आइतबारबाट कोरोना संक्रमण मुक्त बनेको छ ।
आइतबार गरिएको कोरोना परिक्षण एन्टिजेन विधिबाट ४४ जनामा कोरोना रिपोर्ट नेगेटिभ आएपछि नाम्खाको याल्वाङ् पुनः कोरोना मुक्त भएको छ ।
१४ दिन सम्म आइसोलेसनमा बसेका विद्यार्थीमा आइतबार गरिएको परिक्षणमा कोरोना नभएपछि उनीहरुलाई डिस्चार्ज गरीए सँगै याल्वाङ् कोरोना संक्रमण मुक्त बनेको हो ।
मङ्सिर ११ गते नौ र आइतबार ४४ गरेर ५४ जना कोरोना संक्रमित विद्यार्थीको एन्टिजेन विधिबाट गरीएको कोरोना परीक्षणमा सबैको रिर्पोट नेगेटिभ आएसँगै नाम्खा गाउँपालिका कोरोना मुक्त पालिका बनेको सिआइसिटी सदस्य तथा मुचु स्वास्थ्य चौकीका एचए पेमा छुकी लामाले जानकारी दिए ।
आइसोलेसनमा बसेका सबैको रिर्पोट नेगेटिभ आएपछि याल्वाङ्को महाबौद्ध माध्यामिक विद्यालयको होस्टेलमा बस्ने विद्यार्थी घर फिर्ता भएका छन् भने धार्मि विद्यालय गुम्बमा अध्ययनरत विद्यार्थी सोही गुम्बामै रहेको लामाले जानकारी दिए ।
याल्वाङ्गमा कोरोना संक्रमण लक्षणका विरामी नभएपछि आइतबारबाट यो संक्रमण विरामी शुन्य बनेको याल्वाङ्ग स्वास्थ्यचौकीका इन्चार्ज ग्याछु लामाले जानकारी दिनुभयो । आइतबार डिस्र्जाच भएका ५४ जनाको सम्पर्कमा आएका कोही कसैमा यो संक्रमणको लक्षण नदेखिएको र यदि देखिएमा परीक्षणको दायरालाई बढाउने इन्चार्ज लामाले बताए ।
केही दिन अगाडी वडा चारको ठुलो जनसंख्या रहेको समुदायस्तरमा कोरोना परीक्षण गर्दा कोही कसैमा नदेखिएको हो । महाबौद्ध याल्वाङ्गका तीन जना कर्मचारी, ३२ जना विद्यार्थी सहित गरी ३५ जना संक्रमित र धार्मिक विद्यालय गुम्बाका १९ जना विद्यार्थी गरेर ५४ जना डिस्चार्ज भएका हुन् भने दुई जना कोरोना संक्रमित विरामीलाई काठमाण्डौ लगिएको छ ।
नाम्खा गाउँपालिका स्वास्थय शाखाका सह–संयोजक सविना बोहरा, याल्वाङ् स्वास्थ्यचौकी इन्चार्ज ग्याछु लामा, पेमा छुकी लामा एचए , गोरा भण्डारी एचए, ल्याप असिस्टेसन छेदेन लामा, लोग बोहरा एचए, छिरिङ्ग लामा, मन्दिरा शाही र गाउँपालिका लगायतका स्वास्थ्यकर्मीको अथक प्रयास पछि कोरोना नियन्त्रणमा आउनुका साथै आजबाट उक्त गाउँपालिका संक्रमण मुक्त बनेको हो । यस्तै जिल्ला ल्याप टेक्निसियन बलिराज भण्डारी नियमीत खटिएका थिए ।
उत्तरी नाम्खा गाउँपालिकामा कोरोना संक्रमण पहिलो पटक कात्तिक २२ गते देखिएको थियो २४ गते चार जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । चार जनामा देखिएको संक्रमण फैलिएर ५६ जनामा सरेको थियो ।
हुम्लामा पहिलो पटक असोज तीन गते यो संक्रण्म देखिएको थियो । हाल सम्म ६६ जना संक्रमित देखिएका छन् अब हुम्लामा जिल्ला अस्पतालका कार्यरत एक जना डाक्टर मात्रै संक्रमित रहेका छन् भने अन्य सबै संक्रमण मुक्त बनेका छन् ।