सिमकोट । हुम्लाको सर्केघाढ गाउँपालिकाकाने अस्पताल उद्घाटन गर्न कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले हेलिकोप्टर चार्टर गरेका छन् ।
नेपाल सरकारको निर्णय अनुसार स्थानीय तहमा निर्माण हुन लागेको १५ शैयाको अस्पतालको उद्घाटनका लागि गाउँपालिकाको लाखौं बजेटमा हेलिकोप्टर चार्टर गरेर मन्त्री रावल हुम्ला पुगेका हुन् ।
सुर्खेतमा रहेका गाउँपालिका अध्यक्ष कृष्णबहादुर रोकाया 'करुण' र उपाध्यक्ष जोशी धामीलाई बोकेर मन्त्री रावल अहिले बिहान नेपाल आर्मीको हेलिकोप्टर चार्टर गरेर सर्केघाढ पुगेका हुन् । गाउँपालिकाको रकमबाट हेलिकोप्टरको भाडा व्यहोर्न लगाएर मन्त्री रावल अस्पताल उद्घाटन गर्न सर्केघाढ पुगेको सर्केघाढ गाउँपालिकाले जनाएको छ ।
“आप्mनै गाउँपालिकाका नागरिक तथा प्रदेश सांसद भएका मन्त्रीले अस्पताल उद्घाटनको व्यवस्था मिलाउनु होस् भनेपछि हामीले नाई भन्ने कुरा आएन्” गाउँपालिका स्रोतले भन्यो, “गाउँपालिकाले नैं हेलिकोप्टर व्यहोर्ने गरेर मन्त्री ज्यूलाई ल्याएर अस्पताल उद्घाटन गर्ने कार्यक्रम तय भएको हो ।”
स्रोतका अनुसार सुर्खेतमै रहेको अध्यक्ष, उपाध्यक्ष लिएर मन्त्री रावल हेलिकोप्टरमा सर्केघाढ उडेका छन् ।
ताँजकोट र सर्केघाढको उद्घाटन अन्यौल
संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयमा हुम्लाका तीनवटा स्थानीय तहका अस्पताल आफूले उद्घाटन गर्ने रिर्पोट गरेका मन्त्री रावलले अदाचुली र ताँजकोटको अस्पताल उद्घाटन गर्ने कार्यक्रम अन्यौल छ ।
केहि दिन अघि अस्पताल उद्घाटनका लागि सुर्खेतमा रहेका गाउँपालिकाका अध्यक्षहरुसँग परामर्शमा लागेका मन्त्री रावलको पहल सकरात्मक नभएपछि उनले उद्घाटन गर्ने भनिएका दुई गाउँपालिकाको अस्पताल उद्घाटनको कार्यक्रमको टुंगो नलागेको हो । “हेलिकोप्टर लिएर मन्त्री सहितका गाउँपालिकाका पदाधिकारी सुर्खेतबाट जाने र तीनवटै पालिकामा निर्माण हुने अस्पतालको भवन सिलान्यास गर्ने कार्यक्रम थियो,” एक स्रोतले भन्यो “तर यसअघि प्रदेश सरकारका मन्त्रीहरु सवार हेलिकोप्रको भाडा अहिलेसम्म भुक्तानी नभएका कारण हेलिकोप्टर कम्पनीले उडान भर्न अस्विकार गरेपछि मन्त्री रावलको योजना रद्ध भएको हो ।”
केहि समय अघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, सामाजिक विकास मन्त्री रावतललगायतका मन्त्रीहरुले मुगुको धैनकोट, हुम्लाको ताँजकोट, अदानचुलीमा गएको पहिरोको हवाई अनुगमनमा प्रयोग भएको हेलिकोप्टरको भाडा समेत नतिरेको अवस्थामा फेरी निजि कम्पनीका हेलिकोप्टरले उदारोमा उडान भर्न नमानेपछि अन्य गाउँपालिकाका अस्पतालको सिलान्यास कार्यक्रम अनिश्चित बनेको हो ।
स्थानीय स्तरमा असन्तुष्टि
सानादेखि ठूला कामसम्म मन्त्रीकै लर्को लाग्ने र होलिकोप्टरकै प्रयोग बढेको हुम्लामा अस्पतालको भवन सिलान्यास गर्न लाखौ खर्चेर हेलिकोप्टरको प्रयोग गरेकोमा स्थानीय असन्तुष्टि व्यक्त गरेका छन् ।
नेपाल सरकारका काममा आप्mनो नाउँ जोड्न प्रदेश सरकार पुग्र्नै पर्ने र पग्दा स्थानीय तहको बजेट खर्च गर्नु पर्ने प्रवृतीले गलत परम्परा बसेको उल्लेख गरेका एक नेताले मन्त्री भवन सिलान्यास गर्न हेलिकोप्टर प्रयोग गर्ने मन्त्री रावलको कामको बिरोध गरे ।
गाउँका कुनै स्वास्थ्य संस्थामा सिटामोल समेत नपाएर नागरिक रोगबाट पिडित छन्, आप्mनो नाम उल्लेख गर्न नमानेका सर्केघाढ गाउँपालिकाका एक वडा अध्यक्षले भने, मन्त्री ज्यूले गाउँपालिकाको रकममा आप्mनो प्रभाव जमाउन हेलिकोप्टरको प्रयोग निकै बढेको छ । यसले जिल्लामा निकै नराम्रो प्रभाव पारेको छ ।”