सुर्खेतमा । कर्णाली प्रदेशका ४२ वटा स्थानीय तहमा आधारभूत अस्पतालको एकसाथ शिलान्यास गरिँदै छ ।
प्रदेशका दश जिल्लामा ५, १० र १५ शय्याका अस्पतालको एकसाथ शिलान्यास गर्न लागिएको हो ।
प्रदेशमा पाँच शय्याको एक, १० शय्याको नौ र १५ शय्याका ३२ वटा स्वास्थ्य चौकी सोमबार शिलान्यास गर्न लागिएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सल्यानमा आठवटा, सुर्खेत र दैलेखका सातरसातवटा, जाजरकोट र हुम्लामा चाररचारवटा, रुकुमपश्चिम र डोल्पाका तीन÷तीनवटा, जुम्ला र कालिकोटका दुईरदुईवटा स्थानीय तहमा अस्पताल शिलान्यास गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ ।
प्रदेशका विभिन्न जिल्लामा मन्त्री, साँसद, गाउँपालिका अध्यक्ष उपाध्यक्ष, पार्टीका नेताहरुबाट सिलान्यास गरिएको छ ।
हुम्लाको सर्केघाढ गाउँपालिकाको अस्पताल प्रदेशका सामाजिक विकास मन्त्री दल रावलले सुर्खेतबाट हेलिकोप्टर चार्टर गरेर सिलान्यास गरेका छन् भने ताँजकोट गाउँपालिकाको अस्पताल उपाध्यक्ष मञ्जु बुढाले गर्नु भएको छ । यसैगरी स्वास्थ्य तथा जनसंख्या मन्त्री नवराज रावतले पञ्चपुरी नगरपालिकाको अस्पताल आइतबार नैं सिलान्यास गरेका थिए ।
सरकारको निर्णय अनुसार सुर्खेत जिल्लाको लेकवेशी नगरपालिका सुर्खेतमा १५ सैयाको नगर अस्पतालको शिलान्यास नगरपालिकाका नगर प्रमुख गगनसिं सुनारले गरेका हुन ।
शिलान्यास कार्यक्रममा बोल्दै कार्यक्रममा प्रमुख अतिथि समेत रहेका नगर प्रमुख सुनारले अस्पताल शिलान्यास गर्न सफल हुनुमा आफुहरु गौराम्वित बताए ।