सल्यान। नेपालगञ्जबाट रुकुमको चौरजहारी जाँदैं गरेको यात्रुबहाक बस सल्यानमा दसर्घटना भएको छ । दुर्घटनामा ६ जना गम्भिर घाईते भएका छन् ।
यात्रु लिएर गएको ना ४ ख ६७१५ नम्बरको भेरि राप्ती यातायात प्रालिको यात्रुबाहक बस जिल्लाको कुमाख गाउँपालिका २ खारखोला गाजिया चौरमा र्दुघटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । गाडी सडक देखि ३० मिटर तल खसेर दुर्घटना भएपछि ६ जना गम्भिर घाईते भएका छन् ।
दुर्घटनामा गम्भिर घाईते हुनेहरुमा कुमाख गाउँपालिका ४ बस्ने बर्ष ४० की देबि बुढाथोकी, सोही ठाउँ बस्ने १३ बर्षिय उत्तम बिसि, बर्ष ५० की छायाँ सोही, रुकुम पश्चिम चौरजाहारी नगरपालिका, १ बस्ने बर्ष ३८ की साहुनी गोसाई, सोही ठाउँका बर्ष ४० का खडक बहादुर गोसाई, र कुमाख गाउँपालिका १ का बर्ष १५ का निम बहादुर बुढाथोकी रहेको प्रहरी प्रमुख गोबिन्द थापाले जानकारी दिए ।
'घाइते २५ जना सवार रहेको बस दिउसो करिब ४ः२० मा र्दुघटना भएको हो', प्रहरी प्रमुख थापाले नेपालबोटसँग् भने, 'दुर्घटनामा सामान्य घाईते भएका अन्यलाई रुकुम पश्चिम चौहरजारी पठाइएको छ ।'
दुर्घटनाग्रस्थ बसका चालक र सहचालक भने फरार रहेको जनाएको छ । उद्धारमा रागेचौर ईलाका प्रहरि र नेटा प्रहरी पोष्टको टोलिले घाइते सबैलाई उद्दार गरेको थियोे भने सबैलाई उपचारको लागि सम्बन्धि क्षेत्र तर्फ पठाएको खबर छ ।दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।