सिमकोट । हुम्ला जिल्लाको सिमकोटस्थित विमानस्थलका कर्मचारी बस्ने क्वाटरमा लागेको आगो दुई घण्टापछि नियन्त्रणमा आएको छ ।
आज बिहान ५ बजे शुरु भएको आज (बिहीबार) बिहान ५ बजे लागेको आगो ७ बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक सुर्यप्रकास सुवेदीले जानकारी दिए ।
प्रहरी प्रमुख सुवेदीका अनुसार विमानस्थल प्रमुख बस्ने क्वाटरमा लागेको आगो नेपाली सेना, सशस्त्र प्रहरी र जनपथ प्रहरीसहित स्थानीयको लामो प्रयासपछि आगो नियन्त्रणमा आएको हो ।
'स्थानीय तापक्रम माइनसभन्दा तल झरेर पानी जमेकाले आगो निभाउन समस्या भयो', सुवेदीले नेपालबोटसँग भने, 'बिहानैदेखि सबैको प्रयासमा आगो नियन्त्रणमा आएको छ, तर आगलागीबाट भएको क्षथतीशो क्षतिको यकिन विवरण भने अझै आउँन सकेको छैन् ।’
कार्यालयमा प्रयोग भएको हिटरका कारण विद्युतको तार सर्ट भएपछि आगलागी भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।
'हिटरको लातोले विद्युतको तार सर्ट भएर आगो लागेको हुनसक्छ,’ उनले भने, ‘कसैले आगो लगाएको भन्दा पनि प्राविधिक कारणले नै आगो लागेको पाइएको छ ।’
डीएसपी सुबेदीका अनुसार आगो नियन्त्रणका क्रममा जिल्ला प्रहरी कार्यालय हुम्लाका कर्मचारी गणेश सुइयाल घाइते भएका छन् । उनको हातमा चोट लागेको र उपचार भैरहेको छ ।