काठमाडौं । सत्तारुढ दलमा विवाद आएसँगै राजावादी शत्तलीहश्र चलमलाउन थालेका छन् ।
मंसिर २० गते शनिवार राजावादीहरुले राजतन्त्र स्थापनाको माग गर्दै प्रदर्शन गर्ने तयारी गरिरहेकै बेला पूर्व राजा ज्ञानेन्द्र शाहको देशवासीका नाममा सन्देश सार्वजनिक हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । प्रस्तुत छ पुर्वराजा ज्ञानेन्द्र शाहको सन्देशको पुर्ण पाठ...
प्यारा देशवासी दिदीबहिनी तथा दाजुभाई,
हाम्रा सवै मित्र, सहयोगी तथा शुभचिन्तकहरूलाई आफ्ना व्यक्तिगत तुष्टी, पूर्वाग्रह र अनावश्यक शंका(उपशंका गर्नबाट टाढै रही ‘देशले माँगेको सहयोग गर्न’ म सवैमा विनम्रतापूर्वक अनुरोध गर्दछु ।
अहिलेको समय नेता वा नेतृत्वको खोजी गर्ने बेला होइन, बरु आफूले सदैव विश्वास गरेको आस्थाकेन्द्र बारे अन्तरमनले हेर्ने र उनको आवाज सुन्ने बेला हो ।
केही प्रश्नहरू भए तपाईहरूले छातीमा हात राखेर आफ्नो मनलाई सवैभन्दा पहिले सोध्ने, र अरूका कुरालाई पनि राम्ररी सुनेर मात्रै आफ्नो निर्णय वा अभिमत बनाउनु उचित हुन्छ भन्ने मलाई लागेको छ । अव तपाईहरूसमक्ष आफ्नो देशभक्ति प्रदर्शन गर्ने चुनौति आएको छ १
आ-आफ्नो सामर्थ्य र गच्छेअनुसार जे(जस्तो तरिकाले भए पनि आफ्नो अटल समर्थन र विश्वास अभिप्रकट गर्न तपाईहरूले आम जनसमुदायको आकाँक्षालाई सफलीभूत पार्न जनताले चालिरहेका कदमहरूलाई साथ दिनुहुनेछ भन्ने कुरामा म दृढविश्वस्त छु १ कृपया, यो आव्हानलाई तपाईहरूले आफ्नो मातृभूमीको पूकार सम्झिनु होला १ जय देश १