नन्द सिंह
सिमकोट । हुम्लाको सिमकोट गाउँपालिका वडा नम्वर ७ डाँडाफयाको जबुका नजिकै लु २ च २१०२ नंम्बरको बलेरो जीप दुर्घटना हुँदा एक बच्चा सहित सात जना घाईते भएका छन् भने चार जनाको मृत्यु भएको छ ।
सदरमुकाम सिमकोटबाट बिरामी लीन हेप्काखोला गएको जिप बिरामी लिएर सिमकोट पर्किने क्रममा सिमकोट गाउँपालिका वडा नम्वर ७ को डाँडाफयामा राती १० बजे बलेरो जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी सिताराम बिष्टले बताए ।
सोही दिन दुर्घटनामा परि एक जना महिला सहित चार जनाको मृत्यु भएको छ भने दुर्घटनामा परि एक वर्षको बच्चा सहित सात जना घाइते भएका छन् ।
घाईते हुनेमा सिमकोट गाउँपालिका २ ठेहेका जिप चालक सिंगम भण्डारी, सिमकोट ६ बस्ने प्युठानका अजय बस्नेत, सिमकोट ८ खोल्सिकी कल्पना सिंह, सिमकोट ८ खाल्सिका १ बर्षे बालक मिलन सिंह, सिमकोट ८ खोल्सिकी सम्झना शाही नाम्खा गाउँपालिका वडा नं. १ की झुमझुम लामा र सिमकोट बजारमा बस्ने बाजुराका कबि सिंह रहेका छन् ।
मृतकको भने सनाखत हुन नसकेको प्रहरीले जनाएको छ । घाइतेहरुको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घाइते मध्ये २ जनाको अवस्था गम्भिर रहेको र बच्चा सहित ५ जनाको अबस्था सामान्य रएको जिल्ला अस्पतालका डाक्टर टसि अंङजुक लामाले बताए ।
बलेरो जिप मुल सडक भन्दा करिब ६ सय मिटर दक्षिणमा खसेको हुम्ला प्रहरीले जनाएको छ । जिप दुर्घटना भएको खबर पाए लगतै घटनास्थल पुगेका नेपाल प्रहरी, ससस्त्र प्रहरी, नेपाली सेना र स्थानियबासीले उद्धार गरेका थिए । रातीसमय भएकाले उद्धारमा केही समस्या भएको घटनास्थल पुगेका ससस्त्र प्रहरी बल हुम्ला प्रमुख डिएसपी मोहन बिस्टले बताए । घटना सम्वन्धि थप विवरण भने आउन काँकी नै रहेको छ ।