मुगु । कर्णाली प्रदेशको प्रमुख पर्यटकिय स्थल रारा राष्ट्रिय निकुञ्जको मध्यवती क्षेत्रमा भालू लागयतका जंगलि जनावरको आतंक बढेको छ ।
भालुको आतंकले त्यस क्षेत्रका २९ भेडा मारेको छ । भालुको आतंकले शुक्रबार राती मात्रै छायाँनाथ रारा नगरपालिका ८ भmयारी गाँउका भेडा पालक रमेश रावलका ८ वटा भेडा मारेको छ । भने एक कुकुर वेपत्ता छ ।
भालु आतंकले पदम रावलका २४ र घुघुरे कामीका ५ गरि २९ भेडालाई मारेको स्थानीयले बताएका छन् । त्यसैगरी बाख्राको खोरमैं पसेर गएको मंसिर ४ गते भालुले मारेको र गतबर्ष पनि भालुले गाँउलेका १५ भेडा बाखा्र मारेको वडा अध्यक्ष कर्णबहादुर रावलले जानकारी दिए । उनका अनुसार निकुञ्ज क्षेत्रमा रहेका बासिन्दालाई निकुञ्जका जंगली जनावरहरुले घरपालुवा जनावरलाई मार्ने, खेतबारीमा लगाएको बाली नष्ट गरेर दुःख दिएका छन् ।
जंगली जनावरले कहिले पाकेको बाली खाई दिने, कहिले पाक्न लागेको बाली खाई दिने त कहिले फलफूल खानुका साथै बिरुवा नै उखेली दिने गरेपछि मध्यवती क्षेत्रका स्थानिय नागरिकले हैरानी खेप्न बाध्य भएका छन् ।
निकुञ्ज क्षेत्रका जंगलबाट आउने भालुलगायतका जंगली जनावरले घरमा आएर सास्ती दिएपनि सरकारले यस तर्फ ध्यान नदिएको स्थानियहरुले आरोप लगाउने गरेका छन । सधै झैं यस वर्ष पनि यहाँका स्थानियहरुले जंगली जनावरबाट क्षेती भोग्नु परेको छ ।
विगत बर्षहरुमा रारा राष्टिय निकुञ्जले पिडित कृषकहरुलाई क्षतीपुर्ती दिने गरेपनि यो वर्ष नदिने भनेकाले आफुहरु बर्बादै भएको कृषक पदम रावलले बताए ।
निकुञ्जले आफनो नियम अनुसार जे गर्ला गर्ला तर आफुहरुले पिडित कृषकहरुको क्षतीपूर्तिका लागी वडा र नगरपालिकाबाट सिफारिस गरेर निकुञ्जलाई क्षेतीपूर्ति उपलब्धका लागी अनुरोध गर्ने वडा अध्यक्ष रावलले जानकारी दिए ।
“१३२ घरधुरी रहेको उक्त गाँउका अधिकांस स्थानियहरुको प्रमुख आयको स्रोत नैं भेडापालन भएपनि बेलाबेलामा निकुञ्जको जंगलबाट कहिले भालु त कहिले बाघ आएर भेडाबाख्रा खाई दिने र मारिदिने गर्न थालेपछि स्थानियहरुको रोजीरोटीमा प्रभाव परेको छ”, वडा अध्यक्ष रावलले भने, “जंगली जनावरका काण आप्mनो परम्परागत पेशा व्यवसायबाट हात झिक्नु पर्ने अवस्थामा छन ।”
निकुञ्जका भएका जंगली जनावरको आतंकले जिल्लाको भ्mयारी, मुर्मा, माथितुम, ताल्चा, टोप्ला, पिना, कार्कीवाडा, तलितुम, बुलबुलेका जनताहरुलेसमेत बर्षेनी सास्ती क्षेति भोग्दै आएका छन् ।