सिमकोट । कोरोना भाइरसका सक्रिया संक्रमितको संख्या सुन्य भएका उच्च हिमाली जिल्ला हुम्लामा पुनः ११ जनामा संक्रमण पुष्टी भएको छ ।
जिल्ला प्रहरी कार्यालय हुम्लामा कार्यरत ११ जना सुरक्षाकर्मीको आरटि पिसिआर परिक्षण गर्दा कोरोना भाइरस पोजेटीभ देखिएपछि हुम्लामा संक्रिया संक्रमितको संख्या ११ पुगेको जनस्वास्थ्य कार्यालय हुम्लाका सूचना अधिकारी भक्ति फडेराले जानकारी दिए ।
'१८ गते सिमकोट विमानस्थलमा कार्यरत एक जना महिला सुरक्षाकर्मीलाई कोरोना पोजेटिभ देखिएको थियो', सूचना अधिकारी फडेराले नेपालबोटसँग भने, 'उनको सम्पर्कमा आएका अन्य सुरक्षार्कीहरुलाई कन्टयाक्ट टेसिंगका आधारमा स्वाव संकलन गरी १२ जना सुरक्षाकर्मीको पीसीआर चेक गर्दा ११ जनामा कोरोना संक्रमण देखिएको हो ।'
१२ जना सुरक्षाकर्मीको १९ गते स्वाव संकलन गरी पीसिआर परीक्षणका लागि सुर्खेत पठाइएको मध्ये एकजनाको रिर्पोट नेगेटिभ आएको र अन्य ११ जनामा कोरोना देखिएको फडेराको भनाई छ ।
यो सँगै हुम्लामा कोरोना संक्रमितको कुल संख्या ७८ पुगेको छ । अहिले जिल्लामा सक्रिय संक्रमितको संख्या ११ रहेको छ, भने निको हुनेको संख्या ६७ रहेको छ ।
कोरोनामुक्त घोषणा गरिएको हुम्लामा केही दिन अगाडि मात्रै सदरमुकाम सिमकोटदेखि उत्तरतिर पर्ने नाम्खा गाउपालिकाको केन्द्र यालवाङमा ५६ जनामा कोरोना पुष्टि भएपछि जिल्लामा सञ्चालन गरिएका बिद्यालहरु पुनः बन्द गरिएको छ ।
स्थानीय तहले विद्यालय पुनः सञ्चालन गर्ने तयारी गरिरहेका बेला सदरमुकाम सिमकोटमा संक्रमणको जोखिम बढेकाले विद्यालय सञ्चालनमा अन्यौलता छाएको हो ।
आइतबार संक्रमण पुष्टि भएका ११ जना सिमकोट विमानस्थलमा रहेको सुरक्षा गार्ड क्वाटरको होमआइसोलेसनमा बसेको जिल्ला अस्पताल हुम्लाका सिनियर अनमी सरिता बोहराले जानकारी दिइन् ।
हुम्लामा हाल सम्म सक्रिय संक्रमितको संख्या ११ जना रहेको छ । हालसम्म हुम्लामा ७८ जनामा कोरोना संक्रमण देखिएको थियो भने ६७ जना निको भएर घर फिर्ता भएका छन् । हुम्लामा पहिलो पटक असोज तीन गते एक जना महिलामा कोरोना संक्रमण देखिएको थियो ।