मुगु । पूर्खा देखिनै परम्परागत सल्लाको झरो (दियालो) बाल्दै आएका मुगुको चिमाथका नागरिकको झरो बाल्ने दिनको अन्त भएको छ ।
जिल्लाको उत्तरि क्षेत्रको मुगुमकार्मारोग गाउँपालिकाको ९ मा साना जलविद्युत आयोजनामार्फत बत्ति बलेर गाउँ झिलिमलि भएपछि चिमाथका झरो बाल्ने यूगको अन्त भएको हो ।
सदियौ देखि बत्तिको उज्यालो देख्न नपाएका चिमाथका नागरिकले घाँसे ओडार लघु जलविद्युत आयोजना निर्माण भएपछि गाउँमा पहिलो पटक बक्ति देख्न पाएका छन् ।
जम्मा २ सय २५ घरधुरी रहेको सो बस्तिमा ३५ घरधुरी नेकपा आस्थावानका रहेका छन् भने अन्य नेपाली काग्रेसका आस्थावान रहेका छन् । उनीहरुको विवादका बिच पनि ज्येनतेन बत्ति बालेरै छाडे प्रमुख प्रतिपक्षले । सो बस्तिमा २ सय बढि घरधुरी रहेका छन् । अहिले ति सबै बस्तिहरुमा विद्युतले झिलिमिलिमय गाउनै बनेको छ ।
१७ किलोवाट क्षमताको ािना जलविद्युत आयोजनाले बक्ति बालेपछि २ सय २५ घरधुरी रहेको उक्त पहिलो पटक झिलिमिली हुँदै सबैको अनुहारमा खुशी छाएको मुगुमकार्मारोगं गाउपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिए ।
अध्यक्ष लामाका अनुसार उक्त विद्युत आयोजनाले चिमाथ गाउँलगायत छाईला चौर र माग्रींसम्म लाइन बिस्तार गर्ने लक्ष्य रहेको छ । लामो समयदेखि निर्माणाधिन उत्तः आयोजना निर्माणसम्पन्न भएपछि गएको शनिबार एक कार्यक्रमका बिच गाउपालिकाका अध्यक्ष लामा र जिल्ला समन्वय समितिका प्रमुख पुर्णबहादुर रोकायाले संयुक्त रुपमा बत्तिको उद्घाटन गरे ।
उद्धघाटनकै क्रममा गाउपालिकाका अध्यक्ष लामाले भने विद्युत बल्नु मात्र ठुलो कुरा होईन, विद्युत लाई कसरी सहि सदुपयोग गर्न त्यो ठुलो कुरा रहेको बताए । विद्युतलाई सहि सदुपयोग गर्न नसके मानिसको जीवन खतरमा रहेको बताएका लामाले विद्युतलाई सहि ढंग बाट बाल्न स्थानीयलाई अनुरोध गरे ।
विद्युतको लागत १ करोड बढि
चिमाथ गाउमा रहेको घाँसे ओडार लघु जल विद्युत आयोजनाको १७ किलोवाट विद्युतमा करिब १ करोड बढि लागतमा निर्माण सम्पन्न भएको छ ।
वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको ८१ लाख, ९१ हजार ६ सय ३ रुपैयाको आर्थिक सहयोग र कार्मारोगं गाउपालिका बाट १४ लाखको लागतबाट विद्युत बलेको हो । बक्ति बाल्न स्थानीयले कूल लागतको ४५ प्रतिशत जनश्रमदान गरेको घाँसे ओडार लघु जलविद्युत उपभोक्ता समितिका अध्यक्ष विरसिहं बुढाले जानकारी दिए ।
झरो बाल्ने दिन हटे
मुगुमकार्मारोगं गाउपालिका ९ चिमाथ की आईतुकला जीवन व्यतित गरेकी यनले घरमा यसरी बत्ति बलेको कहिल्यै देखेकि थिइनन् । लामो समयदेखि खोलाको पानीबाट बक्ति बाल्ने भनेर सबै काममा गएको देखेपछि पानीबाट कसरी बत्ति बल्छ होला भनेर आफैमा प्रश्न गरेकी उनका मनको जिज्ञासा शनिबार मात्रै मेटियो ।
“बत्ति त अनमात्यकै हुँदो रहेछ”, बत्तिको उद्घाटन पश्चात घरभित्र बलेको बत्तिमा निकै बेर रोचक ढंगले हेरेकी बुढाले भनिन, “न कसैले सल्काउनु पर्ने न त कसैले समात्नु पर्ने बक्ति त आसकारकै हुँदो रहेछ ।”
जीवनको उत्तरद्र्धमा पुगेर घमा बत्ति बलेको प्रति आश्चर्य प्रकट गरेकी वृद्धा बुढाले आफू भन्दा अहिलेको पुस्ता निकै भाग्यमानी भएको बताइन् ।
अघिल्ला दिनहरुमा यस्ता बिजु्ली देख्न पाउला भनि कल्पना पनि गरेका थिएन । अहिले घरमै बत्ति बल्दा खुसिको आँशु झारेकी बुढाले मने बेलापनि बक्ति देखेकोले ठूाले अविलाशा पुरा भएको प्रतिmिया दिइन् ।
“म आँखा देख्दिन अध्यारोमा छामछुम गरि बाहिर भित्र गथ्र्ये एक दमै सास्ती खेप्नु पथ्र्यो” उनले थपिन, “अब त्यो दिन पनिअब त रहेन् ।”