सिमकोट । नेपाली कांग्रेसका केन्द्रिय सदस्य जीवनबहादुर शाहीले हुम्लासँग सिमाना जोडिएको उत्तरी छिमेकी मुलुक चीनसँगको सिमानाका बारेमा सरकार चुप लाग्नुको कारण माग गरेका छन्।
वर्तमान सरकारको विरुद्धमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज देशैभर आयोजना गरेको बिरोध कार्यक्रम अन्तरगत हुम्लाको कार्यक्रमलाई सिमकोटमा संवोधन गर्दै केन्द्रिय सदस्य शाहीले यस्तो बताएका हुन् । सिमकोटमा आयोजना गरिएको बिरोध सभालाई संवोधन गर्दै शाहीले भने, “उत्तरको छिमेकी मुलुक चीने नाम्खा गाउँपालिकाका थुप्रै क्षेत्रमा सिमाना मिचेको छ, त्यसबारेमा स्थलगत अवस्थाका बारेमा बुझ्न सिमाविद् सहितको प्राविधिक टोली पठाउनु पर्नेमा सरकारले अहिलेसम्म रहष्यत्मक तरिकाले कानमा तेल हालेर बसेको छ ।”
“भोग चलन गर्दै आएको स्थानीयको भू–भागमा चीनले मनलाग्दी गरेको देख्दादेख्दै पनि जिल्लाबाट प्रतिनिधित्व गर्ने सत्तारुढ दलका सांसद र नेताहरुले यसबारेमा चासो नदेखाएको देख्दा निकै अचम्म लागेको छ”, कर्णाली प्रदेशसभा प्रतिपक्ष दलका नेता समेत रहेको नेता शाहीले भने, “यही अवस्था हो भने स्थलगत रुपमा चीनकोबल मिच्याईका पिंडा अँझै हुम्लाका नागरिक भोग्नु पर्नेछ ।”
सक्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवादले देशका अन्याय अत्याचा बढ्दै गएको बताएका शाहीले कोरोनाको नाउँमा तीनै तहका सरकारले लुट मच्चाएको आरोप लगाए । पार्टी र सरकारको कुर्चिलाई बचाई राख्ने खेलमा केन्द्रदखि प्रदेशसम्मका सरकारका मान्छे लाग्ने गरेको कारण वर्तमान सरकारले नागरिकका जनजीविकाका सवालमा ध्यान नपुर्याएको दावी गरे । जनमतको आधारमा सरकारलाई काम गर्न दिने लोकतान्त्री मान्यताका साथ प्रतिपक्ष कांग्रेसले कुरेकोबताएका शाहीले अब सरकारको अत्याचारका बारेमा सडक र सदनबाट भण्डाफोर गर्ने प्रतिक्रिया दिए ।
अधिकांश समय सरकार र सत्तारुढ दलको विरोधमा आप्mनो मन्तव्य खर्चेका शाहीले कांग्रेसले आजदेखि शुरु गरेको बिरोधले सरकारलाई सहि मार्गमा हिड्न सद्बुद्धी फैलने आशा व्यक्त गरे ।
कांग्रेस हुम्लाका नेता तथा कार्यकर्ताको सहभागितामा शुरु भएको र्याली तल्लो बजारमा गएर कोणसभामा परिणत भएको थियो ।