सिमकोट । हिउँदको याम शुरु भएसँगै जिल्लामा रहेका तातोपानीका कुण्डहरुमा नुहाउँनको लागि स्थानीयको घँुईचो लाग्ने गरेको छ ।
खार्पुनाथ गाउँपालिकाको खार्पुमा रहेको तातो पािनी कुण्डमा यतिबेला तातोपानी नुहआउने र कुण्ड बस्नेमाहरुको संख्यामा वृद्धि भएको छ । खार्पु तातोपानी कुण्डमा दैनिक पाँच देखि दश जना सम्म नुहाउँनको साथै तातोपानीको बाफ लिन आउने गरेको स्थानीय सम्झना शाहीले जानकारी दिए ।
कर्णाली नदि नजिक रहेका तातोपानीका कुण्डहरुमा महिला, वृद्धवृद्धा र बाथका रोगका विरामीहरु तातोपानीका कुण्डमा बस्नेगरेका छन् । बाथ तथा छाला सम्बन्धी रोगहरुको तातोपानी कुण्डमा नुहाउँदा उपचार हुने मान्याताले गर्दा हुम्लाका टाढा टाढा गाउँहरुबाट पनि मानिसहरु आउने गरेको शाहीले बताए ।
तातो पानीमा सरसफाई गर्न पनि सहज र शरीरलाई समेत फाइदा हुने भएपछि तातोपानीको कुण्ड प्रयोग गर्नेको संख्यामा बृद्धि भएको उनले बताए ।
खार्पुमा रहेको तातोपानी कुण्डमा नहाउँन तथा बाफ लिनका लागी राहदेब फुचा,दुर्पा,ठेहे ताक्ला लगायतका गाउँबाट आउने गरेको अर्का स्थानीय धिरु भण्डारीले बताउनुभयो । टाढा टाढा गाउँबाट नुहाउँनको साथै व्यक्तिगत सरसफाईको लागी पनि यहाँ पुग्ने गरेको भण्डारीले जानकारी दिए ।
जिल्लाका चंखेलीको दर्बी, सर्केगाडको उनापानी, खार्पुनाथको खार्पु र नाम्खाको केर्मीमा तातो पानीको कुण्ड रहेका छन् भने यहाँका रहेका तातो पानीमा नुहाउँन र बाफ लिनका लागि स्थानीयवासीको घुँईचो लाग्ने गरेको छ ।
कर्णाली नदीको छेउबाट निस्कने तातोपानी र कुण्डमा नुहाउँदा, बाफ लिदा, शरीर तातोपनीको कुण्डमा शेकाउँदा हल्का हुने, बाथ रोग निको हने, शरीर मसाज हुने, कुण्डको पानी पिउँदा पेट सफा हुने र छाला सम्बन्धि सबै रोग निको हुने भएकाले स्थानीयवबासीहरु एक सातादेखि दश दिन सम्म तातोपानीको कुण्डमा बस्ने गर्दछन ।