मुगु । जिल्लाको पुर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउपालिकाले आज एक कार्यक्रमका बिच विधिगत रुपमा एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ ।
गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामा र प्रमुख प्रशासकिय अधिकृत तिर्थ राज कठायतले सो एम्बुलेन्सको संयुक्त रुपमा उद्धघाटन गर्दे बुधवार बाट विधिगत रुपमा सञ्चालनमा आएको हो ।
नेपाल सरकार द्धारा शत प्रतिशत छुट प्राप्त एम्बुलेन्स १० लाख ४२ हजार रुपैया लागतमा एम्बुलेन्स खरिद गरि ल्याएको गाउँपालिकाले जनाएको छ । गाउपालिकाका अनुसार आज (बुधबार)बाट शुभारम्भ भएको एम्बुलेन्स अब यहाँका गाउपालिका बासिले सहजै रुपमा सेवा पाउने भएका छन् ।
गाउपालिकाको पिडा लाई मध्येनजर गर्दे एम्बुलेन्स सेवा ल्याएको गाउपालिका अध्यक्ष छिरिङ क्याप्ने लामाले जानकारी दिए । लामाका अनुसार जन्म र मृत्युको मुखमा लडिरहेका छट्पटि रहेका यहाका स्थानीय लाई घाउमा मलम लागोस भन्ने हेतुले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत तिर्थराज कठायतले बताए ।
उनका अनुसार यो एम्बुलेन्स नेपाल सरकार बाट राजस्व छुट सहित शतप्रतिशत बाट ल्याएको हो उनले भने अब यो सेवामा यहाका स्थानीयले गाउपालिकाको निर्णय बमोजिम शुल्क तिरी गाउपालिका वडा नं ९ मा रहेको छाईला चौर देखि सदरमुकाम गमगढी बजारको अस्पतालसम्म सेवा पाउने जानकारी दिए ।
कठायतका अनुसार यो कर्णाली प्रदेशको विकट हिमाली जिल्ला मुगु हो , यहा कतिपय स्थानहरुमा सडक सञ्जाल सँग गतिलो सँग विस्तार, स्तोरोन्ति नहुनु , कच्ची सडकका कारण स्थानीय लाई स्वास्थ्य क्षेत्रमा फड्को मारुन भन्ने पनि उनको बुझाई रहेको छ ।
मुगु जिल्लाको ४ वटा स्थानीय तहमध्ये यो गाउँपालिका भौगोलिक विकटताले पनि पछि परेको र विकासको हिसाबले पनि उत्तिकै फड्को नमार्नुले दुःखदायि कुरा त्यो भएको जानकारी दिए ।
गाउपालिकामा एम्बुलेन्स सेवा पुग्दा स्थानीय खुसि भएका छन् । सधै डोको , स्टे्चरको भरमा रहेका हामि अब सहजै रुपमा सम्बन्धित ठाउमा पुगिन सकिने एक स्थानीय छिरिङ लामाले जानकारी दिए । भौगोलिक विकताका बाबजुत पनि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको गाउपालिकाले जनाएको छ ।
विपद व्यवस्थापनले दियो एम्बुलेन्स
जिल्ला विपद ब्यवस्थापन समिति मुगुले नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय मुगुलाई एम्बुलेन्स सेवा हस्तान्तरण गरेको छ ।
मंगलवार नेपाल रेडक्रस मुगुका सभापति र मन्त्रीलाई प्रमुख जिल्ला अधिकारी तथा विपद व्यवस्थापन समितिका अध्यक्ष कृष्णकुमार निरौलाले एक कार्यक्रमका बिच उनीहरुलाई हस्तान्तरण गरेका हुन् ।
नेपाल सरकार बाट राजस्व छुट प्राप्तजम्मा लागत १२ लाखमा एम्बुलेन्स खरिद गरि ल्याइएको र त्यसैमा पनि १० लाख विपद व्यस्थापन समितिको कोष र बाँकि संस्थाको लागमा एम्बुलेन्स सेवा ल्याईएको नेपाल रेडक्रस सोशाईटि शाखा कार्यालय मुगुका मन्त्री रत्नसिंह मल्लले जानकारी दिनु भयो । उहाका अनुसार समग्र मुगु जिल्ला बासिको स्वास्थ्य अवस्था लाई ध्यानमा राखि कोही पनि मृत्युको मुख बाट नछुटोस भनि एम्बुलेन्स सेवा विस्तार गरेको जानकारी दिए ।
एम्बुलेन्स सेवा सुरु भए पछि विशेषगरी गर्भवती महिलालाई स्वास्थ्य चेकजाँच गर्न तथा सुत्केरी हुने समयमा नै अस्पताल पु¥याउन सहज हुने उनको भनाई रहेको छ । कार्यक्रममा बोल्दै नागरिक समाजका अध्यक्ष रुप बहादुर मल्लका अनुसार अब यहाका नागरिकहरुले सहजै रुपमा सेवा प्रदान गरुन ।
यो सेवामा को आफ्नो को बिरानो नभनि समान रुमा सेवा दिन रेडक्रस र गाउपालिका लाई सुझाव दिएका छन् । यस्ता सम्बेदनशिल सवारी साधनलाई सहि ठाउमा सदुयोग गर्न र विना सित्तिमा हचुवाका भरमा अन्य नागरिकलाई नबोक्न सुझाव दिएका हुन ।