सुर्खेत । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) विभाजनको अवस्थामा पुग्नु नेपाल र नेपालीकै लागि दुर्भाग्य भएको एकिकृत नेकपा माओवादीका अध्यक्ष कर्णजित बुढाथोकीले बताएका छन् ।
लामो समय कम्युनिस्टहरुले गरेको संघर्ष पश्चात कम्युनिस्ट पार्टीहरुले निर्वाचन मार्फत प्रचण्ड बहुमत हाँसिल गरेर सबैतहका सरकार सञ्चालन गरेर देशलाई समाजवादको यात्रामा अघि बढाउनु भन्दा कुर्चि र पदको लोलुपताले पार्टी विभाजन हुनु नेपाली जनताप्रति धोखा भएको अध्यक्ष बुढाथोकीले जानकारी दिए ।
पर्टी कामको सिलसिलामा कर्णाली प्रदेशको राजधानी सुर्खेत पुगेका अध्यक्ष बुढाथोकीले नेपालका कम्युनिस्टको सरकार देख्न नचाहने देशी विदेशी प्रतिक्रियावादीहरुको चलखेलका आधारमा नेकपामा विभाजन आएको जिकिर गरे । “नेकपाका अध्यक्षद्धयबीचको दम्ब र प्रतिक्रियावादीहरुको नेकपा ठूलो पार्टी भएको देख्न नचाहनेहरुका कारण अन्तत नेकपा फुटको संघारमा पुग्यो”, उनले भने, “नेपालमा नेकपा जत्रो पार्टी बन्न कम्युनिस्टहरुलाई फेरी धेरै समय लाग्छ ।”
अध्यक्षद्धयले एकअर्काको अस्थित्व नस्विकार्दाको शिकार बन्यो नेकपा
साविकको नेकपा एमाले र माओवादी केन्द्र बीच भएको एकिकरणबाट बनेको नेकपा अध्यक्ष्द्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले एकअर्काको अस्थित्व स्विकार नगर्दाको शिकार नेकपा बनेको बुढाथोकीले जिकिर गरे ।
दुवै नेता (ओली र दाहाल) आआप्mनै योगदान र देनबाट आएको नेतृत्व भएपनि उनिहरुले एकअर्काको अस्थित्व नस्विकार गरेकै कारण पार्टी एकिकरणकोकाम पुरा नभएकै कारण विभाजनको अवस्थामा पुगेको दावी उनको छ ।
“ओलीले प्रचण्डको व्यक्तित्व र नेतृत्वलाई सहज रुपमा स्विकार गर्न सक्नु भएन भने प्रचण्डले पनि ओलीको नेतृत्वलाई सहजै रुपमा स्विकार गर्ने काम नगरेकै कारण नेकपा डरलाग्दो गरेर फुटको अवस्थामा पुग्यो” उनले थपे ।