सिमकोट । उच्च हिमाली जिल्ला हुम्लामा परम्परागत रुपमा स्थानीय समुदायले खेती गर्दै आएको रैथाने बालीको बजारीकरण सम्बन्धि पहल गरीने भएको छ ।
बुधबार सरोकारवाला निकाय सँग कृषि विकास कार्यालयमा बसेको समन्वयात्मक बैठकले जिल्लामा लोपोन्मुख रैथाने बाली लगायत अन्य बालीको संरक्षण,उत्पादन र बजारीकरणका लागी छलफल गरीएको छ ।
जिल्लामा उत्पादित रैथानेबाली कसरी जोगाउन सकिन्छ, यसको बजारीकरण कसरी गर्न सकिन्छ र जिल्ला बाहिरबाट आयातित खाद्ययन्नको नियुनिकरण गरी जिल्लामै उत्पादन भएका रैथाने बालीलाई उपभोक्ताको घर घरमा पुराउने र जिल्ला बाहिरको मागलाई कसरी पुर्ति गर्न सकिन्छ भन्ने विषयमा छलफल गरीएको जिल्लmा कृषि विकास कार्यालय हुम्लाका कार्यालय प्रमुख बखत बहादुर खड्काले जानकारी दिनुभयो ।
रैथानेबाली संरक्षणका लागी लोप हुन लागेका स्थानीय उत्पादनलाई प्रथामिकता दिने, बजारीकरणका लागी जिल्ला सदरमुकाम सिमकोट लगायतका पाएक पर्ने स्थानमा कोशेली घर स्थापना गर्ने र रैथानेबालीको विभिदिकरणका लागी जिल्लाका सातवटै स्थानिय तह सहित सरोकारवाला निकायले समन्वयकारी भूमिका निर्वाह गर्नुपर्ने निर्णय गरीएको कार्यालय प्रमुख दड्काले जानकारी दिए ।
जिल्लामा रैथाने बाली कोदो, फापर, चिनो,कागुनो, मार्सि,आलु,धान लगायतका रैथाने बालीको संरक्षणका साथै कृषकले उत्पादन गरेका यि बालीहरुको बजारीकरणका लागी कोशेली घरको व्यवस्था गरीने भएको छ ।
पोषणका दृष्टिले महत्वपूर्ण मानिएका रैथाने बालीमा कागुनो, कोदो, चिनो, फापर, लट्टे, उवा, सिमी, मार्सि लगायतका बाली बजारको खोजीका लागी कृषि विकास कार्यालय लागी पर्नेभएको सोही कार्यालयका प्रमुख खड्काले जानकारी दिए ।
पोषणको दृष्टिले महत्वपूर्ण मानिएको तर, अहिले हुम्लीको भान्छामा कमै प्रयोग हुने गरेकाले रैथाले बालीलाई प्रवद्र्धन एवं संरक्षण गर्न कृषि विकास कार्यालय हुम्लाले पकेट क्षेत्रको छनोट गर्ने भएको कार्यालय प्रमुख खण्काले बताए ।
उनले भने, “लोपोन्मुख अवस्थाका रैथाने बालीलाई नयाँ कृषि कार्यक्रम मार्फत प्रवद्र्धन गर्नेछौँ । यसले कुपोषणबाट मुक्त हुन तथा मानिसको स्वास्थ्य राम्रो बनाउन मद्दत पुग्दछ” ।
रैथाने बालीको उत्पादन बढाई बजारीकरणमा कृषकलाई सहयोग गरीने भएको छ । यसैको माध्यमबाट लोपोन्मुख रैथाने बाली प्रबद्र्धन–संरक्षण गर्ने कार्यक्रम बनाइने भएको छ । रैथाने बाली उत्पादन गरी प्याकेजिङ र ब्रान्डिङ गरी बजारमा सजिलै उपलब्ध गराउने हेतुका साथ सरोकारवाला निकार्यसँग बुधबार यो कार्यक्रम सन्चालन गरीएको हो ।
जिल्लाका गाउँ गाउँमा अन्न खाडलमा हालेर राख्ने तर जिल्लाबाहिरको कुपोषित खानाको प्रयोग वढेकाले यसलाई न्युनिकरण गर्दै जिल्लामै उत्पादन भएको रैथाने बालीबाट बनेका पोषिलो खानालाई दिउँसो नास्ता खाजाको रुपमा प्रयोग गर्नु पर्ने, विद्यालयमा विद्यार्थीलाई दिवा खाजाको रुपमा पनि रैथानेबालीको प्रयोग गर्नु पर्ने खार्पुनाथ गाउँपालिका अध्यक्ष कर्णबहादुर रावलले बताए ।
हिमाली जिल्ला हुम्लामा विकृतीका रुपमा महमा चिनी मिसाउने, दहीमा मही मिसाउने शुद्ध स्थानिय उत्पादनलाई विगारी मिसावट वस्तु विक्री गर्न लागेकाले यसो गर्नेलाई कार्वाही गरी जिल्लामै उत्पादन भएका रैथानेबालीलाई संकलन केन्द्र स्थापना गरी सबै चिज बस्तु एकै ठाउँमै राखी विक्री गर्न सकेको खण्डमा जिल्लाको कृषि क्षेत्रमा रैथानेबाली उत्पादन फस्टाउने सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामाले जानकारी दिए ।
जिल्लामा उत्पादन हुने रैथानेबाली जिल्लाका ७ वटै गाउँपालिकाले खरिद गरी भण्डार केन्द्र स्थापना गर्न सकेको खण्डमा ढुवानीका लागी जिल्ला कृषि विकास कार्यालयले पहल गर्न सक्ने, जिल्लामा लोप हुन लागेको रैथानेबालीका लागी जिल्ला कृषि विकास कार्यालयले उत्पादनका लागी पहिलो प्राथामिकता दिने सोही कार्यालय प्रमुख खड्काले उल्लेख गरे ।
कृषि विकास कार्यालयका प्रमुख बखत बहादुर खड्काको अध्यक्षतामा र जिल्ला समन्वय समितीका प्रमुख दानबहादुर रावतको प्रमुख आथित्यमा भएको रैथाने बालीको बजारीकरण सम्बन्धि सरोकारवाला निकायसँग भएको समन्वयात्मक कार्यक्रममा सिमकोट गाउँपालिका अध्यक्ष पदमबहादुर लामा, खार्पुनाथ गाउँपालिकाका अध्यक्ष कर्ण रावल लगायत अन्य सरकारी कार्यालयहरुको उपस्थित रहेको थियो ।