कालीकोट । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही गणतन्त्र बिरोधी भएको बताएका छन् ।
विवादित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समुहले कालीकोट जिल्लामा आयोजना गरेको आयोजना गरिएको बिरोधसभालाई संवोधन गर्दै मुख्यमन्त्री शाहीले प्रधानमन्त्री ओलीलाई गणतन्त्र बिरोधी भएको आरोप लगाएका हुन् ।
“बयालगाढामा अमेरिका पुग्नु र नेपालमा गणतन्त्र आउनु एकै भएको भन्ने प्रधानमन्त्री ओलीको असली रुप अहिले आएर प्रकट भयो”, संवोधनमा मुख्यमन्त्री शाहीले भने, “ओलीले अहिले आएर आफू जंगबहादुर बन्ने प्रयास गर्नुभयो तर यो उनकै लागि पनि राम्रो छैन् ।”
प्रधानमन्त्री ज्यूले जंगबहादुर बन्ने सपना देख्दै हुनुहुन्छ भने यने समय जंगबहादुर बन्न उपयुक्त नभएको उल्लेख गरेका मुख्यमन्त्री शाहीले शक्तिशाली भएर पनि जनताको शत्तिले जंगबहादुरलाई घुँडा टेकाएको बताए ।
कम्युनिस्ट पार्टीलाई दिएको दुई तिहाई बहुमतलाई सदुपयोग गरेर देशलाई समाजवाद उन्मुखतर्फ लैजानु पर्ने अवस्थामा प्रतिगमनकारी कदम चालेको आरोप लागएका शाहीले आफूले चालेका कदमबाट सच्चिन ओलीलाई आग्रह गरे । प्रधानमन्त्री ज्यू तपाई आफैले असंवैधानिक कदममार्फत बिघठन गरेको प्रतिनिधिसभालाई पुर्नस्थापना गरेर पार्टीलाई एकिकृत बनाउत लाग्नुहोस् उनले भने, “हामीलाई स्वार्थ, जेल, प्रहरी देखाएर जीवनको भिख माग्ननर्फक संकेत नगर्नुहोस् मुलुकको राष्ट्रिय स्वाधिनताका नाममा हामी वलिदानी दिन हामी तयार छौं ।”
संसद विघठन गरेको बिरोधमा प्रचण्ड–नेपाल समुहले आयोजना गरेको बिरोध कार्यक्रममा सहभागि हुन मुख्यमन्त्री शाही कालीकोट पुगेका हुन् ।