सिमकोट । करीब दशवर्षको अन्तराल पछि हुम्लाको उत्तरी गाउँका स्थानीय उज्यालो देख्न पाएका छन् ।
सिमकोट गाउँपालिकाको वडा आठ खोल्सी, नाम्खा गाउँपालिका वडा तीनका लामाखोल्सी, खगाल गाउँ, दुम्बाका गरेर दुई सय पचास घरधुरीले सल्लाहको दियालोबाट मुक्त भएर उज्यालो देख्न पाएका हुन् ।
यस अघि गाउँमा बिजुली नहुँदा सल्लाको दियालो र सोलार टुकी तथा अन्य वैकल्पिक व्यवस्था गर्न बाध्य हुनुपर्ने अवस्था रहेको भएपनि यसबाट छुटकरा मिलेकोखोल्सीका स्थानीय दन्त सिंहले जानकारी दिए । स्थानीय सिंहका अनुसार गाउँमा पहिलो पटक बिजुली पुग्दा अन्धकारमुक्त भएका छौ ।
छिफुन्बो लघुजलविद्युत आयोजनाको २८ किलोवाट क्षमता भएको विद्युतले खोल्सीका ९०, खलगाल गाउँका १००, लामााखोल्सीका ४०, र गुम्बाका २० घरधुरी गरेर दुई सय ५० घरधुरीले विजुली बालि रहेको सिंहले जानकारी दिए । आधार विकास नेपाल हुम्लाले दुई गाउँपालिकाका चारवटा गाउँका सबै घरधुरीको निशुल्का बत्ति जडान गरीएको जानकारी प्राप्त भएको छ । कोहीले बत्ती बाल्न सक्ने थिए, कोही थिएनन तर आधार विकासले जडान कार्यमा लाग्ने सम्पुर्ण खर्च सहयोग गर्दा सबै धुरीले उज्यालो देख्न पाएका छन् ।
गाउँपालिका, संघ, प्रदेश, वैकल्पिक उर्जा र स्थानीयहरूको जनश्रमदान गरेर करीब तीन करोड खर्चमा २८ किलोवाटको विजुली उत्पादन सफल भएको छ ।
गाउँमा नै विजुली बल्दा विभिन्न प्रकारका साना काम, घरेलु उद्योग तथा अन्य कामहरूको लागि सहज हुनुको साथै स्थानीयबासीहरुको स्वास्थ्यमा पनि सुधार आउने आशा गरिएको सिंहले जानकारी दिए ।