काठमाडौं । विवादित नेकपाको ओली समूहका कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावल, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र प्रदेश विधायन समितिका पूर्वअध्यक्ष पदमबहादुर रोकाया प्रचण्ड–नेपाल समूहमा लागेका हुन् ।
मन्त्री पद जोगाउनकै लागि मन्त्रीद्धय प्रचण्ड नेपाल समुहमा प्रवेश गर्न लागेको एक नेताले जानकारी दिए । ओली समुहको बित्तबाट मन्त्री र केन्द्रिय सदस्य बनेका सामाजिक विकास मन्त्री दल रावल ओली खेमाको सुन्धाराको भेलालाई छोडेर कित्ता परिवर्तन गरेका हुन् । उनले जिल्लाका कही नेतमसहित प्रचण्ड नेपाल समुहमा प्रवेश गर्न लागेको बताइएको छ ।
यससँगै कर्णाली प्रदेशसभामा नेकपाको ३३ सदस्यीय संसदीय दलमा ओली पक्षमा सभामुख राजबहादुर शाहीसहित ११ जना तथा प्रचण्ड–नेपाल समूहमा २२ जना पुगेका छन् । ओली समूहका तीनजना प्रचण्ड–नेपाल समूहमा लागेसँगै मुख्यमन्त्री शाहीको सरकार सुरक्षित भएको छ ।
अगेनोमा विज्ञप्ती तयार
ओली पक्षका दुई जना मन्त्री सहित केही जिल्ला नेताहरुले कित्ता परिवर्तन गरेको विज्ञप्ती जावलाखेलको अगेनो रेष्टुरेण्टमा तयार भएको थियो ।
शनिकार रातीदेखि मोवाइल अफ गरेर बसेका सामाजिक विकास मन्त्री दल रावललकै पहलमा हुम्लाका केही नेत र मन्त्री नन्दसिंह बुढासमेतका नेताहरुलाई एकिकृत गरेर आइतबार (आज) बिहान ७ बजेदेखि मध्य बानेश्वरमा भको छलफलपछि स्थायी कमिटि सदस्य जर्नादन शर्मा प्रभाकरर मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको उपस्थितीमा जावलाखेल स्थित अगेनोमा मन्त्रीदय, सांसद र केही जिल्लाका नेताहरु प्रवेश गरेको विज्ञप्ती तयार भएको हो । 'कित्ता परिवर्तन गर्ने बारेमा सबै कुरा अन्तिम भएर विज्ञप्ती लेख्ने काम भैरहेको छ,' उक्त बैठककमा सहभागि एक नेताले नेपालबोटलाई भने, 'सामाजिक विकासमन्त्रीले ज्यूले विज्ञप्तीको ड्राप्mट गर्दै हुनुहुन्छ अबको केही समयमा सार्वजनिक हुन्छ होला ।'
स्रोतका अनुसार केही समयपछि पार्टी कार्यालय पेरिसडाँडामा गएर पार्टी केन्द्रका नेताहरुकोे उपस्थितीमा उहाँहरु प्रवेश गर्ने कार्यक्रम छ ।
मन्त्रीसहित तत्कालिन नेकपा एमाले हुम्लाका पूर्व सचिव शिवराज शर्मा, उपाध्यक्ष ज्ञामी बुमी, सकर्केघार्ड गाउँपालिका उपाध्यक्ष जोशी धामीलगायत छन् ।