मुगु । हिमाली जिल्ला मुगुमा मंगलवार सदरमुकाम गमगढी बजार आएका सुदुरपश्चिम प्रदेशका ईन्जार्च तथा पुर्व गृहमन्त्री भिम रावलले प्रधानमन्त्री केपि शर्मा ओली नेकपाका नेता पुष्पकमल दाहाल प्रचण्ड र माधव कुमार नेपालको अगाडी प्रधानमन्त्री ओलि फुच्चे पात्रको रुपमा रहेको बताएका छन् ।
नेपाल कम्युनिष्ठ पार्टी नेकपा मुगुले मंगलवार आयोजना गरेको विरोध सभा लाई सम्बोधनमा उहाले यस्तो बताउनु भएको थियो । नेपाली जनता र संविधानमाथि कु गरेको अपराधमा प्रभानमन्त्री ओली नेकपाका दुई नेताको अगाडी फुच्चे पात्र मात्र रहेको नेता रावलले आरोप लगाएका छन् ।
गमगढी बजारको महाकाली नमुना माद्यमिक विद्यालयमा कार्यक्रमको आयोजना गरि दाहाल नेपाल समूहले आयोजना गरेको विरोध सभामा बोल्दै रावालले प्रधानमन्त्रीले संविधान कुल्चेर संसद विघटन गरेको बताए ।
संविधानमाथि ठुलो भुकम्प ल्याएको मनन् गर्दे संसद् विघटन गरेका प्रधानमन्त्री केपीशर्मा ओली नेकपा दाहाल नेपाल समूहका नेता रावलको भनाई रहेको छ ।
संसद् विघटनको चौतर्फी विरोध हुन आउन थाले पछि उनले गरेको गरेको असंवैधानिक कदमको अगाडी दाहाल , नेपाल फुच्चे पात्रको रुपमा रहेको र यस लाई यि नेता मात्र नभई हामि लगायत जनताले पनि उहि ठानेको रावलले भने ।
ओलीलाई काम गर्न पार्टीबाट कुनै पनि पुर्ण विराम नलागेको र स्वतन्त्र रुपमा काम गर्न दिदा दिदै पनि यस्तो हर्कत देखाएको बताए ।
यता कोरोना भाइरस नियन्त्रणमा प्रधानमन्त्रीको कुनै नजर नगएको र अहिले जनतालाई कोराना विरुद्ध खोपको आवश्यकता रहेको छ नेता रावलले भने त्यसका लागि ५० अर्ब रकम आवश्यक परेको र त्यतातिर प्रधानमन्त्रीको ध्यान नगएर ५० अर्ब खर्च गरेर निर्वाचन गर्न खोजेका छन् । ७० करोड, ३३ लाख सुन, लगायत अन्य काण्डहरुमा प्रधानमन्त्री पछि हटेको र यि काण्डहरु लाई ढाक छोक गर्न खोजेको बताएका छन् ।