मुगु । हिमाली जिल्ला मुगुको एक गाउको दलित बस्तिमा पहिलो पटक गाडी पुगेको छ ।
जिल्लाको छाँयानाथ रारा नगरपालिका वडा नम्बर १३ मा रहेको एक दलित बस्ति लापु गाँउमा पहिलो पटक सडक संँगै मोटर गाडी पुगेको हो ।
पुर्वाधार बिकार कार्यालय मुगु बाट निमार्ण भएको जडिबुटी मार्ग सडक संगै गाडी पहिलो पटक दलित बस्ती लापु गाँउमा गाडी पुग्दा स्थानिय बासिमा अब घण्टौ लगाएर भारी बोक्ने दिन गएको यहाका दलित बासिन्दाले बताएका छन् । गाउमै पहिलो पटक गाडी गुडेको देखे पछि स्थानीय खुसि भएका छन् ।
बिगतका दिनहरुमा सदरमुकाम गमगढी बजार र रोजगारीको लागि तेश्रो मुलुक भारतमा गए पछि गाडी, सडक देख्न र चढ्न पाएका थियौ , अहिले आगनमैै गाडी पुगे पछि बिरामी हुदा सहजै रुपमा एम्बुलेन्स बाट बिरामी लगाएत अन्य गाँउमा उत्पादन गरेको सामान गमगढी बजारमा बिक्रि वितरण गर्न पाउने छायानाथ रारा नगरपालिका वडा नं १३ का स्थानीय दलित ज्ञानी कामीले बताए ।
हाम्रो घर बाट सदरमुकाम गमगढी पुग्न पैदल यात्राा गरेर ३।४ घण्टा लाग्थ्यो अव एक घण्टामै सरर... गाढी बाट सम्बन्धित स्थानमा पुग्ने सक्ने कामीले भने ।
यस्तै एक लापु गाँउमा रहेका २३ घर धुरीका बालवालिका वृद्धवृद्धा, ज्येष्ठ नागरिकहरुले पहिलो पटक गाँउमा सडक संगै गाडी देखे पछि दंग परेका छन् ।यो भन्दा अगाडी जो सुकै पनि गाडीका मात्र कुराकानी गर्थे कहाँ, गाडी आयो, आज यो ठाउमा गाडी आउनेछ, भन्ने कुरा मात्र सुनेका थियौ अहिले घर आगनमै गाडी देख्न पायौ लापु गाउका अर्को दलित स्थानीय जोरसिंह कामीले अनुभव रहेको छ ।
३ करोडमा ६ किलोमिटर सडक निर्माण
रुघा छाईल जडिबुटी मार्ग अन्तर्गत बहु बर्षिय आयोजनामा लिनको लागी सञ्चालन भएको यो सडक रुगा गाँउ देखी लापु गाँउ सम्मको गत आर्थिक वर्ष र चालु आर्थिक वर्ष गरि जम्मा ३ करोड भन्दा बढी बजेट बाट ६ किलो मिटर सडक निमार्ण कार्य पुरा भई लापु गाँउ सम्म गाडी पुगेको छ ।
हालको लागि ६ किमि सम्म सडक निर्माण भएको छ यति मात्र नभई थप सडक अगाडी सम्म निर्माणको लागि टेन्डर प्रक्रिया अगाढी बढी रहेको पूर्वधार बिकास कार्यालय मुगुका कार्यालय प्रमुख यगेन्द्र धरालाले जानकारी दिए ।
राष्ट्रि«य सडक सन्जाल बाहेक अन्य गाँउ बस्ती बस्ती सम्म सडक सञ्जाल जोड्नको लागी मुगु जिल्लाको धेरै स्थानमा सडक निमार्ण कार्य धमाधम भैरहेको समेत धरालाले भने ।