माघ १६ हुम्ला । असवैधानीक संसद विगठनका विरुद्ध प्रचन्ड नेपाल पक्षको समूहले आज पत्रकार सम्मेलन गरेको छ ।
पार्टीले वर्तमान अवस्थाको बारेमा गरेको असम्वैधानिक संसद विगठनका विरुद्ध आफ्नो समूहलाई विभिन्न कृयाकलाप र परेको असहज्ताका बारेमा जिल्लाका कृयासिल पत्रकारहरुलाई उपस्थिीत गराई भेडघाट कार्याक्रम राखिएको थियो । प्रधानमन्त्रि केपी सर्मा वली पक्षेले गरेका विभिन्न कृयाकलापको असहमति जनाउँदै संसद पनर वाहली लगायतका विषयमा प्रचण्ड नेपाल पक्षेका नेताहरुको भनाई रहेको छ ।
हुम्ला जिल्लामा प्रचण्ड नेपाल समूहले अवको बर्तमान अवस्थामा जिल्लाका सवै गाउँपालिकामा रहेको जनताको संरक्षणका लागि सहयोग समर्थन गर्ने नेकपाले जानकारी गराएको थियो । अधुरा शासन व्यवस्था परिवर्तनका विविध विषय र पार्टिले गरेका गतिविधका बारेमा भेटघाट कार्यक्रममा प्रस्ट गरिएको थियो । यो देशका नागरिक र जनताको समृद्धि, विकास निकास रक्षा र जनजिविकासंग जोडिएर आफ्नो कृयाकलापलाई स्थापित गर्दै नेपालमा कम्यनिस्ट पार्टीको उदय जग स्थापना गर्नु पर्ने भूमिको रहेको नेपाल कम्युनिष्ट पार्टी नेकपाका जिल्ला अध्यक्ष लालकेस जैसिले बताउनु भयो ।
भावि दिनहरुमा हुम्ला जिल्लालाई कुन अवस्थामा लिने र कस्तो बनाउने भन्ने सवैमा चासोको विषय रहेकोले जिल्लाका सम्पुर्ण जनताले सहकार्य गर्न जरुरत देखिएको नापल कम्युनिष्ट पाटी नेकपाका केन्द्रीय सदस्य विजय भण्डारी प्रतिरोधले बताउनु भयो । उहाँले भन्नु भयो प्रधानमन्त्रि वली भनेको एउटा सुकेको रुख हो, यसलाई ढाल्नका लागि आफ्नो पार्टीले विभिन्न किसिमका विरोध, रु्याली, नाराजुलुस जस्ता कृयाकलाप गर्दै आएको केन्द्रिय सदस्य भण्डारीले बताए ।
नेकपाले गरेका कार्यका बारेमा पत्रकारहरुले सुझाव दिनका लागि समेत सो कार्यक्रम राखिएको नेकपा स्रोतले जनाएको छ । कार्यक्रममा देश अनिश्चितता तिर धकिली रहेको आपत्ति जनाउँदै प्रचण्ड नेपाल समूले आज पत्रकार भेटघाट तथा सम्मेलन कार्यक्रममा सो कुरा बताएको छ । कार्यक्रममा नेकपाका केन्द्रीय सल्लाहकार छिरिंग दोम्दोल लामा, प्रदेश निर्वाचन क्षेत्र कमिटि ख का सचिव तिर्थराज रोकाया, लगायत सञ्चारकर्मीको सहभागिता रहेको थियो । कार्यक्रम दिउसो १ वजे हुम्ला रिर्सोट होटेलमा सञ्चालन भएको थियो ।