सिमकोट । विवादित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल नेपाल समुहले गरेको बन्दको प्रभाव हिमाली जिल्लाहरुमा सुन्य जस्तै देखिएको छ ।
गएको पुस ५ गते गरेको प्रतिनिधिसभा विघटनको बिरोधमा आज बिहिबर देशैभर गरेको बन्दको प्रभाव कर्णालीका दुर्गम हिमाली जिल्लाहरुमा नगन्य प्रभाव परेको छ ।
सडक यातायातले नजोडिएको हिमाली जिल्ला हुम्लामा विहानै देखि नेपालगञ्ज र सुर्खेतबाट हवाई यातायात सञ्चालनमा आएका छन् भने जिल्ला सदरमुकाम सिमकोट देखि आन्तरिक रुपमा चल्ने यातायातका साधनहरुपनि र्विाध रुपमा सञ्चालन भएपछि बन्दको प्रभाव नपरेको हो ।
विहानै देखि बन्द आमहड्ताल गर्ने भनिए पनि सदरमुकाम सिमकोटमा भएका सबै व्यापार व्यावसायहरुपनि सञ्चालनमै रहेका छन् । बन्दका बारेमा नेकपा दाहाल नेपाल समुहका तर्फबाट कार्यबहाक अध्यक्ष तिर्थराज रोकायाले विज्ञप्ती प्रकाशित गर्दै बन्दमा सहयोग गर्न अपिल गरेको भएपनि खासै कुनैपनि होटेल पसल बन्द नभएको बताइएको छ ।
यस्तै जिल्ला स्थित सरकारी तथा गैरसरकारी कार्यालय सहित निजी तथा सामुदायिक विद्यालय सञ्चालनमा आएको र बन्दको प्रभाव नपरको प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीले जानकारी दिए । अहिले सम्म जिल्ला सदरमुकाम सिमकोट सहित जिल्लाका अन्य गाउँपालिकामा कुनै अप्रिय घट्ना नघटेको र बन्दको प्रभाव नपरेको प्रजिअ गिरीले बताए ।
सरकारी कार्यालय सञ्चालनमा आनउनुका साथै सेवाग्राहीको चहल पहल भइरहेको थियो । त्यतिमात्रै होइन यहाँका हड्ताल गर्ने दाहाल नेपाल समूहका नेता तथा कार्यकर्ता पनि बजारमा कोही देखिएका छैनन् । कतै अराजक गतिविधि भइहाल्छ कि भनेर स्थानीय प्रसाशले बजार क्षेत्रमा भने सुरक्षा गस्ती बढाएको छ ।
सदरमुकाम सिमकोटमा हडतालको प्रभाव नपरेपछि जिल्लाका अन्य गाउँपालिकामा पनि कुनै असर नपरेको प्रमुख जिल्ला अधिकारी गिरीले जानकारी दिए ।
हाम्रा स्थानीय सहकर्मीका अनुसार मुगु जिल्लामा पनि बन्दको खासै प्रभाव परेन् । बिहानै देखि बन्दको घोषणा गरिएको भएपनि आन्तरिक रुपमा सञ्चालनमा आएका सवारी साधन र होटल पसल निर्वाध रुपमा सञ्चालनमा आएका छन् । बिहान बन्दको हल्ला फिजाइएको भएपनि दिउँस खासै कसैले पनि बन्द गर्न नभने पछि आफूले व्यावसाय निर्वाध रुपमा सञ्चालन गरेको स्थानीय व्यापारीले जनाएका छन् ।