मुगु । जुम्ला जिल्ला पुर्व जिल्ला विकास समिति सभापति गौरीलाल न्यौपाने अहिले कर्णालीको खसभाषको इतिहाँस कोर्न लाग्नु भएको छ ।
नेपालि भाषाको उद्गम थलो भएकाले त्यसको वास्तविकतालाई पाठक सामु ल्याउनकै लागि खस साम्राज्यको इतिहाँसको खोजिमा लागेको कनका सुन्दरी गाँउ पालिका वडा नम्बर ५ लुड्कु गाँउमा २००९ सालमा जन्मिएका न्यौपानेले जानकारी दिए ।
सामान्य एस एल सि सम्म अध्ययान गरेका गौरीलाल बाल्यकाल देखीनै राजनिति र समाजसेवामा रुचि भएका न्यौपाने अप्mनो रिटार्य जीवनमा इतिहाँसको लेखन कार्यलाई निरन्तरता दिन लागेका हुन् ।
विश्वमा बोलीने प्रयोग गर्ने भाषाको सभ्यता, सास्कृतिक, यही सिन्जा बाट उत्पति भएपनि प्रचार र अध्ययन अनुसन्धभानको अभावमा खासै वास्तविकता बाहिर नआएकाले आफूले जानेका र खोजविनका क्रममा भेटिएका तत्थ्यका आधारमा यो पुस्तक लेखन कार्य अघि बढाएको न्यौपानेले नेपालबोटलाई बताए ।
“कुनै बेला बेलायतीरुहले सिञ्जाबाट मल्लकालमा संविधानसभा, पञ्च्यती व्यवस्थामा, सास्कृतिक भाषा पनि यही सिंन्जा बाट सुरु भएको थियो”, उनले थपे, “खस भाषका अधिकांश शब्द र लिपि प्रयोग गरेको भएपनि सिञ्जा उपत्याका र खस सभ्याताको लुकेको ईतिहाँसका ताजा प्रमाणहरु लालमोहोर, भोजपत्र, कनकपत्र, निलपत्र, बाटो र ढुङ्गामा लेखेका प्रमाणहरु भेटीने गरेको प्रमाणहरुलाई समेटेर मैले यो पुस्तक लेखन कार्यको थालनि गरेको हुँ ।”
सिंञ्जाका राजाहरुले नेपाल एकिकरणका बेला गरेको कुनै कृति एतिहाँस नदेिखएको हुँदा सिजापति राजदेखि गरेका सबै ईतिहास संरक्षणमा लागेको बताउने न्योपानेले पाण्डहरु १२ वर्ष गुप्तवास बस्दै मानवसोरेवर जाँदा वास बसेको स्थान पाण्डव गुफा, कनकासुन्दरी मन्दिर लगायत अन्य क्षेत्रहरुमा अहिलेको केन्द्र सरकार, प्रदेश सरकार र स्थानिय सरकारले खस साम्राज्यको ईतिहास संरक्षणमा कुनै चारो नदिएकोमा दुःख व्यक्त गरे ।
सिन्जाको खस राम्राज्यको सास्कृतिक, कला, इतिहासलाई संरक्षण्को लागी विभिन्न कार्यक्रम ल्याए पति राजनैतिक दलका कार्यकर्ताको पालन पोषण गर्ने र कागजी रुपमा काम सम्पन्न गर्ने गरेको पाईएको आरोप लगाए ।
२०२४ सालमा जिल्ला वाल संघका अध्क्षय, २०३१ मा नेपाल गाँउर्फक अभियानका संयोजक, २०३३ मा नेपाल रेड्क्रस सोसाईटीका आजिवन सदस्य, २०४२ जिल्ला खेलकुद बिकास समितिका अध्क्षय भएका न्यौपाने शाही सरकारको पालामा जिल्ला सभापति भएर गोर्खा दक्षिणवाहु, ऐसोशियसन सेवा पदक, महेन्द्र सेवा पदक लागाएत सेवा पदकबाट सम्मानित भएका थिए ।