नन्द सिंह
सिमकोट । दरबन्दी अभावमा हिमाली जिल्ला हुम्लाका सरकारी कार्यालयहरुमा सूचना अधिकारी तोक्न समस्या भएको छ ।
कार्यालयमा कर्मचारी नभएका कारण सूचना अधिकारी तोक्न कठिन भएको जिल्लाकमे नियमनकारीनिकाय जिल्ला प्रशासन कार्यालयका प्रमुख प्रमुखि जिल्ला अकिारी (प्रजिअ) चिरन्जीवी गिरीले बताए ।
'तीन महिना सहायक प्रमुख जिल्ला अधिकारी नहुँदा प्रशासन कार्यालयले नैं सुचना अधिकारी तोक्न नसकेको हो', प्रजिअ गिरीले नेपालवोटसँग भने, 'प्रशासन कार्यालयकै हालत यस्तो छ भने अन्य कार्यालयको अवस्था कस्तो होला तपाई आफै बुभ्mनुहोस् ।'
कार्यालयबाट कसैलाई सूचना दिनु पर्यो भने पनि प्रजिअ आफैले दिने गरेको भएपनि दरकन्दी अनुसारमा अत्यावश्यक कर्मचारी नभएपछि समस्या परेको उनको भनाई छ ।
यसअघि सहायक प्रमुख जिल्ला अधिकारी हुँदा सूचना अधिकारीको जिम्मेवारी उनैलाई तोकिएको भए पनि सहायक प्रजिअको सरुवा भएर अर्को जिल्लामा गएपछि गृह मन्त्रालयले अर्को बवकल्प नगरेका कारण सूचना अधिकारी तोक्न कठिन भएको छ ।
जिल्लाको शिक्षा विकास तथा समन्वय इकाईमा पनि कार्यालय प्रमुख र सहयोगी बाहेक अन्य कर्मचारी नहुँदा अहिलेसम्म सस्चना अधिकारी तोक्न समस्या भएको प्रमुख बिष्णुबहादुर शाहीले बताए ।
कार्यालय सहयोगीलाई सूचना अधिकारी तोक्न नमिल्ने भएपछि प्रमुख शाहीले जिम्मोवारी तोक्नु नसकेको बताए ।
एक महिना अगाडी जिल्ला प्रशासन कार्यालयले सबै कार्यालयलाई सूचना अधिकारी तोकेर जानकारी गराउन पत्राचार गरेको भएपनि कुनै कार्यालयबाट उक्त जानकारी नआएको प्रशासन कार्यालयले जनाएको छ ।
नियमानुसार सरकारी कार्यालयहरुले अनिवार्य रुपमा सुचना अधिकारी तोक्नु पर्ने व्यवस्था छ । तर हुम्लामा अधिकाँस संघिय सरकारका कार्यालयहरुमा कर्मचारीको अभावमा सूचना अधिकारी तोक्न सकिएको छैन । जिल्लामा २० वटा संघीय सरकारका कार्यालय भएपनि सुरक्षा निकाय बाहेक अन्य कार्यालयहरुमा कर्मचारी अभाव भएका कारण सूचना अधिकारी तोक्न समस्या हुँदै आएको कार्यालय प्रमुखहरुले जनाएका छन् ।
कार्यालयमा सूचना अधिकारी नभएपछि सेवाग्राहीहरुलाई सूचना लिन कठिन हुने गरेको छ । अँझ विशेष गरि संचारकर्मी यसावट बढी पिडित भएका छन् । फागुन ५ गते जिल्ला स्थित सरकारी कार्यालयका प्रमुखहरु समक्ष प्रमुख जिल्ला अधिकारी गिरीको अध्यक्षतामा बस्ने निमित बैठकमा सो कुरा प्रस्ट भएको थियोे ।
बैठकले यस वर्षको प्रजातन्त्र दिवस फागुन ७ गतेदेखि ८ गतेसम्म मनाउने समेत निर्णय गरेको थियो ।