र्खेत । देशभर आप्mनो समुहका कार्यक्रमलाई तिब्रता दिएको प्रधानमन्त्रीकेपी शर्मा ओली समुहले यही फागुन १४ गते आयोजनाको तायरीमा जुटेको छ ।
कार्यक्रमको मिति नजिक आउनै लाग्दा कर्णाली प्रदेश राजधानीको घण्टाघरदेखि उत्तरतर्फ सामाजिक विकास मन्त्रालय पछाडीको खुला चौरलाई व्यवस्थित गर्ने काम भैरहेको छ ।
चौघान पार्क निर्माणका चरणमा रहेको उक्त चौर कार्यक्रमका लागि अव्यवस्थित भएपछि नगरपालिकाले मंगलबार विहानदेखि डोजर र टिप्पर लगाएर व्यवस्थित बनाउन लागेको हो । पार्टीका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली प्रमूख वक्ताका रुपमा आउने भएपछि पार्टीले तयारीलाई तिब्ररुपमा गरिरहेको नेपका ओली समुहका कर्णाली प्रदेश अध्यक्ष गोरख बोगटीले जानकारी दिए ।
कार्यक्रम स्थलको तयारी देखि विभिन्न जिल्लाबाट आउने कार्यकर्ताको व्यवस्थापनका बारेमा समेत हरेक दिनजसो तयारी गर्ने काम भएको छ, बोगटीले नेपालवोटसँग भने, कार्यक्रालई संवोधन गर्न ओलीको साथमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ सहितका नेताहरु आउने भएकाले पनि तयारीको कामले तिब्रता पाएको हो ।
१४ गतेको कार्यक्रमलाई लिए हामीले तयारी तिव्र तरिकाले गरिरहेका छौाँ,’ सबैको उपस्थित रहला त भन्न सकिन्न तर, ५० हजार भन्दा बढी त हामी जम्मा गर्छौँ नै ,’ नेकपा केन्द्रीय सदस्य समेत रहेकी जनसभा मूल व्यवस्थापन समितिका संयोजक मोहनमाया ढकालले भनिन, कार्यक्रमको प्रसार–प्रचारको काम तिव्र भइरहेको छ र प्रदेश कमिटी, जिल्ला कमिटी र स्थानीय तहका सम्पुर्ण नेता कार्यकर्ताहरुको सुर्खेत केन्दित हुने काम पनि दिनप्रतिदिन बढ्दै गएको छ ।
सुर्खेतमा मोटरसाइकल ¥याली हुने
जनसभाको अघिल्लो अर्थात फागुन १३ गते वीरेन्द्रनगरमा मोटरसाइकल ¥याली हुने भएको छ । अनेरास्ववियुले बृहत् मोटरसाइकल ¥याली निकाल्ने तयारी थालेको जनाइएको छ ।
अनेरास्ववियु सुर्खेतका संयोजक धुपेन्द्र बहादुर शाहीका अनुसार विद्यार्थी तथा युवाहरुको सहभागितामा फागुन १३ गते मोटरसाइकल ¥यालीको आयोजना गरिएको हो । २ हजार भन्दाबढी मोटरसाइकल सहितको ¥यालीको आयोजना गरिएको उनले बताए ।