र्खेत । सर्वोच्च अदालतले प्रतिनिधिसभा पुर्नस्थापना गर्ने फैसला गरेपछि प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले नेतृत्व गरेको नेकपाको कर्णाली प्रदेशमा भोली १४ गते हुने भनिएको आमसभा अन्तिममा आएर स्थगित भएको छ ।
सर्वोच्चको निर्णयले देशको राजनीतिक अवस्था परिवर्तन भएपछि प्रधानमन्त्री ओलीको समय नमिल्ने भएपछि कार्यक्रम स्थगित गर्नु परेको नेकपा ओली समुहका कर्णाली प्रदेश अध्यक्ष गोरखबहादुर बोगटीले जानकारी दिए ।
'प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा बादलको विशेष संवोधन हुने भनेर कार्यक्रमको तयारी अन्तिम अवस्थामा पुगेको थियो', बोगटीले भने, 'तर मंगलबार भएको सर्वोच्चको निर्णयबाट देशको राजनीतिक अवस्थाले नयाँ मोड लिएपछि उहाँ (प्रधानमन्त्री) को व्यवस्तता अन्यत्रै हुने भएपछि हामीले कार्यक्रम स्थगित गरेका हौं ।'
कार्यक्रमको मिति नजिकीदैं गर्दा कर्णाली प्रदेश राजधानीको घण्टाघरदेखि उत्तरतर्फ सामाजिक विकास मन्त्रालय पछाडीको खुला चौरलाई व्यवस्थित गर्ने काम अन्तिममा पुगेको थियो ।
चौघान पार्क निर्माणका चरणमा रहेको उक्त चौर कार्यक्रमका लागि अव्यवस्थित भएपछि नगरपालिकाले मंगलबार विहानदेखि डोजर र टिप्पर लगाएर व्यवस्थित बनाउने काम भएको थियो ।
कार्यक्रममा सहभागि हुन प्रदेशका दशवटै जिल्लाबाट ठूलो संख्यामा नेता तथा कार्यकर्ता सुर्खेत आउँदै गरेको बेला कार्यक्रम स्थगित हुनुले केही समस्या भएको हो ।
ओली समुहले भोली (१४ गते) हुने जनसभालाई मध्यजनर गरेर आज फागुन १३ गते वीरेन्द्रनगरमा मोटरसाइकल ¥यालीको आयोजना समेत गरेको थियो । तर कार्यक्रम स्थगित भएपछि मोटरसाइकल र्याली पनि स्थगित भएको अनेरास्ववियु सुर्खेतका संयोजक धुपेन्द्रबहादुर शाहीले जानकारी दिए ।