मुगु । हिमाली जिल्ला मुगुको छाँयानाथ रारा नगरपालिकाले आप्mनो नगरका एकल पुरुषहरुकालागि समेत एकल भत्ता दिन शुरु गरेको छ ।
एकल पुरुषलाई भत्ता दिने जिल्लाको पहिलो स्थानीय तहका रुपमा आफूलाई प्रस्तुत गर्दै नगरले १४ वटै वडाहरुमा रहेका एकल पुरुषहरुलाई भत्ता दिन शुरु गरेको नगर प्रमुख हरिजंग शाहीले जमनकारी दिए ।
शुक्रबार परेको ७१ औं राष्टिय प्रजातन्त्र दिवशको अवसर पारेर नगरपालिकाले एक औपचारिक कार्यक्रम गदै नगर क्षेत्र भित्र रहेका एकल पुरुषहरुलाई भत्ता दिन शुरु गरेको हो ।एकल भत्ता बुझन पुगेका नगर क्षेत्रका एकल पुरुषहरुले एकल महिला झंै आफुहरुले पनि भत्ता पाएपछि खुशी व्यक्त गरे ।
राज्यले एकल महिला भत्ता, वृद्ध भत्ता, बाल भत्ता दिदैं आएपनि श्रीमतीको मृत्यु भएर वा श्रीमती नैं नल्याएर वेसाहारा, एकल भएका समाजमा रहेका एकल पुरुषलाई संघिय र प्रदेश सरकारले वास्ता नगरेपनि स्थानिय सरकारले भत्ता दिएपछि आफुहरु पनि नागरिक भएको महशुस भएको छायाँनाथ रारा नगरपालिका–१४ का ५० वर्षिय जुद्घ बढुवाले बताए ।
नगरपालिका–१ का ५३ वर्षिय कृष्ण बहादुर हितानले एकल पुरुष भत्तावापत ६ हजार भत्ता बुभ्mदै नगर प्रमुख र सबै वडाका अध्यक्षहरुलाई धन्यावाद ज्ञापन गरे । “राज्इले नैं हामीलाई विभेद गरेको वेला तपाईहरुले सम्झेर ठूलो पुन्यको काम गर्नु भएको छ”, उनले भने, “वषौदेखि समाजमा एकल भएर वेसहारा भैं जिवन विताईरहेका हामीहरुलाई बालबच्चाको पालन पोषण, शिक्षादिक्षा दिन र घर खर्च चलाउँन ठूलो समस्या भोग्दै आएका थियौं अब हामीलाई सहज हुने भयो ।”
नगरका विभिन्न कामको सिलसिलामा हरेक गाउँ र वस्तीमा पुग्दा आफूलाई अन्याय भएको भन्दै एकल पुरुषले आवाज उठाएपछि नगर कार्यपालिकाको कार्यपालिकाको बैठकमा भएको छलफल पश्चात नगरले एकल पुरुषलाई समेत भत्ता दिने निर्णय गरेको छायाँनाथ रारा–२ का वडा अध्यक्ष परेगराज चौलागाईले जानकारी दिए ।
नगरका १ सय २६ जना एकल पुरुषहरुलाई आर्थिक वर्ष २०७६ को एकल पुरुष भत्ता वितरण गर्न आयोजित कार्यक्रमका सभाध्यक्ष एवं नगर प्रमुख हरिजंग शाहीले नगरपालिकाले शुरु गरेका ऐतिहाँसिक कार्यक्रम र योजनाहरु मध्ये एकल पुरुष एकल भत्ता कार्यक्रम पनि निकै महत्वपूर्ण भएको बताए ।
देशमा केही स्थानिय सरकारहरुले यस अघि एकल पुरुष भत्ता दिने घोषणा गरेपनि भत्ता वितरण शुरु गर्ने मुगुको छायाँनाथ रारा नगरपालिका देश भर मंै पहिलो भएको नगरका प्रमुख प्रशासकिय अधिकृत बद्री प्रसाद शर्मा वाग्लेले बताए । उनका अनुसार नगरले ४० बर्षदेखि ६० बर्ष उमेर समुहका एकल पुरुषलाई मासिक ५ सयका दरले वार्षिक ६ हजार एकल पुरुष भत्ता वितरण गर्नेछ ।