काठमाडौं । सत्तारुढ दल नेपाल कम्युस्टि पार्टी (नेकपा) भित्रको विवादले उग्र रुप लिएर एकले अर्कोलाई बडार्ने अवस्था भएकै वेला नेकपा ओली समुहले नेपाली कांग्रेस लगायत अन्य राजनीतिक शक्तिहरु बीच कार्यगत एकताको प्रक्रिया शुरु गरेको छ ।
देशका सामुदायिक रेडियोहरुको छाता संस्था सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) को यही २५ गते हुने नेतृत्व छनोट सहितको अधिवेशनका लागि ओली पक्षिय प्रेस संगठन र नेपाली कांग्रेसको भातृ संस्था प्रेस युनियनबीच यस्तो सहमती भएको हो ।
पार्टी भित्रको विवादको बाछिटा प्रेस संगठन नेपालमा परेपछि अधिवेशनमा आउने प्रतिनिधिको संस्ख्या समेत बराबरजस्तै देखिएपछि ओली पक्षिय प्रेस संगठन नेपाल र युनियनबीच यस्तो सहकार्य भएको बताइएको छ । राजधानी काठमाडौंको एक होटेलमा सम्पन्न विभिन्न पाँच संगठनहरुको बैठकले सामुदायिक रेडियोहरुको अभियानलाई साझा चरित्रको बनाउनका लागि कार्यगत एकता भएको प्रेस संगठन नेपालका संयोजक गणेश वस्नेतले बताए ।
‘देशको राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतीक रुपान्तरणका लागि ठूलो योगदान दिने सामुदायिक रेडियोहरुको अभियानलाई सबैको अभियानका रुपमा अघि बढाउन विभिन्न संघगठनहरु बीच मिलेर जाने सहमती भएको हो, संयोजक बस्नेतले नेपालबोटसँग भने, ‘केही नेताहरुमा पलाएको आत्मकेन्द्रित स्वार्थका कारण राजनीतिक अस्थिरताको सृजना भएका वेला हामी (पाँच संगठन)हरुको संझौताले नेपाली नागरिकहरुमा सकरात्मक सन्देश दिएको छ ।’
पाँचवटै संगठनका प्रमुखले लिखित हस्ताक्षर गर्दै भनेका छन्, ‘देशभरका सामुदायिक रेडियोहरुको छाता संस्था सामुदायिक रेडियो प्रसारक संघ (अकोराव) नेपाललाई साझा चरित्रको संस्थाका रुपमा निरन्तरता दिन हामी तपसिलका संगठनका अध्यक्षहरु अकोरावको आसन्न अधिवेशनमा प्रेस युनियनको नेतृत्वमा साझा उम्मेरदारी दिने सहमती गर्दै निर्वाचन प्रक्रियामा सहभागि हुन अन्य सबै संगठनहरुलाई आब्हान गर्दछौं ।’
संघीय राजधानी काठमाडौंमा हुने अधिवेशनमा साझा नेतृत्व तयार गरेर अघि बढ्न युनियनका अध्यक्ष बद्री सिग्देल, प्रेस संगठन नेपालका संयोजक गणेस बस्नेत, प्रेस मञ्च नेपालका अध्यक्ष केशव अर्याल, प्रगतीशिल पत्रकार संघका अध्यक्ष उदय जीयम र मिडिया नेपालका अध्यक्ष गोपाल पौडेलले समझदारीमा हस्ताक्षर गरेका छन् ।
प्रतिनिधिसभाको पहिलो बैठक बस्ने अघिल्लो दिन प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको भातृ संस्थासँग प्रधानमन्त्री केपी शर्मा ओली निकट प्रेस संगठनले कार्यगत एकता गर्नुलाई नेपाली राजनीतिमा अर्थपूर्ण रुपमा हेरिएको छ ।
यो सहमतीले संसदमा हुने भनिएको सरकार परिवर्तनको खेललमा प्रधानमन्त्री ओलीले नेतृत्व गरेको नेकपा र नेपाल कांग्रेस बीच सहकार्य हुनसक्ने तर्फ अड्कल बाजी शुरु भएको छ ।
यस्तो छ सहमती,