मुगु । तत्काल हवाई उद्धार गर्ने हेलिकोप्टर नहुँदा दुर्गम जिल्ला मुगुमा एक सुत्केरीको ज्यान गएको छ ।
यातयातका सहज पहुँच नभएको मुगुबाट तत्काल उद्धार गर्ने हेलिकोप्टर प्रदेश राजधानी सुर्खेतमा नभएपछि मुगुको सोरुगाउँपालिका–५ नेरकी २३ वर्षीय धनलक्ष्मी शाहीको ज्यान गएको हो ।
समयमा उद्धार नपाएपछि शाहीको बिहिबार दिउँसो ज्यान गएको हो ।
स्थानीय नेर स्वास्थ्य चौकीमा बच्चा जन्मिएपनि साल ननिस्केपछि शाहीको ज्यान गएको हो । उनको उद्धारका लागि जिल्ला प्रहरी कार्यालय मुगुले महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई जानकारी गराएपनि सुर्खेतमा नेपाली सेनाको हेलिकोप्टर नभएको बहानामा तत्काल उद्धार गर्न नसक्ने भनेपछि ति सुत्केरी महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायव उपरिक्षक चित्र बहादुर भट्टराईले जानकारी दिए ।
‘गाउँबाट जानकारी आउने वित्तिकै हामीले हवाई उद्धारका लागि मौखिक र पछि लिखित दुवै रुपमा जानकारी गराएका हौं’, प्रनाउ भट्राईले भने, ‘तर सम्बन्भित निकायले तत्काल हेलिकोप्टर पठाउन नसकेपछि उनको विहिवार दुःखत मृत्यु भयो ।’
व्यक्तिगत रुपमा हवाई उद्धार गर्न सुर्खेतमा सनाको हेलिकोप्टर नभएको भनेपछि सुत्क्रीको अकालमै ज्यान गएकोउनका आफन्त समेत रहेको नेकपा एमाले मुगुका पार्टी अध्यक्ष धर्मबहादुर शाहीले जानकारी दिए ।
सोरुमा फोन नेटवर्कको उपयुक्त ढंगले सम्पर्क हुन नसक्दा विहिवार विहान ७ बजे सकुसल सुत्केरी भएकी शाहीको अत्याधिक रक्तश्रावका कारण ज्यान गएको उनले बताए । सुत्केरी हुँदा सकुसल भएका आमार बच्चाको पछि विस्तारै अत्याधिक रक्तश्राब भएपछि समस्या भएको हो’ शाहीले नेपालबोटसँग भने,‘उद्धार गर्नका लागि हामीले तत्कालैमाथिल्लो निकायसँग आग्रह गरेपनि नेपाली सेनाको हेलिकप्टर सुर्खेतमा नभएपछि ढिला भएकाले उनलाई बचाउन सकिएन ।’
केन्द्रसँग खबर गरेपश्चात नेपाली सेनाको हेलिकोप्टर सुर्खेतसम्म आएपनि समयमै सुत्केरीलाई उद्धार गर्न नसकिएकै कारण उनको ज्यान गएको हो ।
भर्ख जन्मेकी वालकाको बिचल्ली
भर्खर सुत्केरी भएकी आमा धनलक्ष्मि शाहीको अत्याधिक रक्तश्राव भएपछि उनीबाट जन्मीएकी वालिकाको बिचल्ली भएको छ ।
विहिवार ७ बजे जन्मेकी वालिकाले दुध खाने र स्याहा सुसार गर्ने कोही नभएपछि ति वालिकाको बिचल्ली भएको हो ।
पाएकि नावालिका छोरीको बिचल्ली भएको छ । गर्भवति धनलक्ष्मि शाही बाट सकुसल छोरी जन्म भए पनि साल नझर्दा अत्याधिक रक्तस्राव हुदा आमाको मृत्यु हुनुका साथै नावालिका छोरीको बिचल्ली भएको हो । जन्म पाएकी नावालिका सोरु गाउपालिका वडा नं ५ नेरमा आफन्तको जिम्मामा रहेका छन् । बिचल्लीमा परेकि नावालिकाको उद्धारको लागि जिल्ला अस्पताल ठिनी मुगुले पहल गरिहरेको डा. निर्मल नगरकोटिले बताए ।