मुगु । हिमाली जिल्ला मुगुमा पछिल्लोसमय मुद्धा दर्ता गर्ने को संख्या अचानक बढेको छ ।
वर्षमा थोरै थान मुद्धा दायर हुने मुगुमा पछिल्लो छ महिनामा ७२ थान मुद्धा दर्ता भएका छन् ।
शुक्रवार जिल्लाका सञ्चारकर्मीसँग भेटघाट तथा छलफल कार्यक्रममा जिल्ला प्रहरी कार्यालय मुगुका प्रमुख प्रहरी नायव उपरिक्षक चित्रबहादुर भट्राईले जानकारी दिए ।
६ महिनाको अवधिमा यति ठुलो संख्यामा मुदा दर्ता तथा हेरफेर गर्न सफल भएको बताएका उनले असोज महिना देखि दर्ता भएका मुद्धा विभिन्न प्रकृतिका रहेको बताए ।
प्रहरी प्रमुख भट्राईका अनुसार यस अवधीमा जिल्ला प्रहरी कार्यालयमा ३८ थान मुद्धा दर्ता भएका छन् । ‘हामीले यो अपधीमा ७२ जना प्रतिवादी विरुद्द मुद्धा चलाएका छौं,’ उनले भने, ‘४८ जनालाई पक्राउ गरिएको, ६ जनालाई कारागार चलान गरिएको र ४३ जनालाई धरौटी तारेकमा छोड्ने काम भएको छ ।’
प्रहरीमा दर्ता भएका मुद्धा मध्ये कर्तव्य ज्यानमा १ थान, ४ थान ज्यानमार्ने उद्योग, १ थान आत्महत्या दुरुत्सान, १ थान अपहरण बन्धकमा दर्ता भएको प्रहरीले जनाएको छ । यसैगरी जवरजस्ती करणीमा १ थान, भवितब्य ज्यानमा १ थान, लागु औषधमा ६ थान, अभद्र व्यवहारमा ७ थान, बहुविवाहमा १ थान, मुद्धा दर्ता भएका छन ।
प्रहरीले यो अवधीमा ठाडो उजुरी ११३ परेकोमा १०६ वटा उजुरी फस्र्योट गरेको, ७ उजुरी फस्र्योटको प्रकृयामा रहेको प्रनाउ भटराईले जानकारी गराए ।
मुगु जिल्लाभर प्राकृतिक प्रकोपबाट साउनयता १ करोड २४ लाख २७ हजार बराबरको धनमालको क्षती भएकोमा २९ घर, १ गोठ रहेको र २ जनाको मृत्यु भएको प्रहरीले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
लागूऔषध नियन्त्रणमा शुन्य सहनशिलता
जिल्ला प्रहरी कार्यालय मुगुले जिल्लामा लागू औषध नियन्त्रणमा शुन्य सहन शिलताको नीति अपनाउने भएको छ ।
जिल्ला सदरमुकाम गमगढीमा आयोजना गरिएको पत्रकार भेटघाट कार्यक्रममा बोल्दैं प्रहरी नायव उपरिक्षक चित्रबहादुर भट्राईले अबप्रहरीले लागूऔषध नियन्त्रणमा यस्तो निती अवलम्वन गर्ने बताए ।
पछिल्लो समय जिल्ला सदरमुकाम गमगढीमा स्थल तथा हवाई मार्गको प्रयोग गदै लागू औषध ओसारपासर गरिएको सूचना प्राप्त भएकाले अब प्रहरीले जिल्लालाई लागू औषधबाट जोगाउन चेक जाँचमा कडार्ई गर्ने जनाएको छ । ‘यस्ता (लागू औषध) मुद्धामा कसैलाई क्षम्य नगरी प्रहरी शुन्य सहनशिलताको नितीमा चल्ने छ, कार्यक्रममा भट्राइले भने, ‘यसको सूचना दिने र यसको राकथाममा हामी (प्रहरी) लाई पनि जिल्लाका सबै पक्षले सहयोग गर्नुपर्छ ।’