मुगु । कर्णालीका हिमाली जिल्लामा उत्पादन हुने स्थानीय रैथाने बालिलाई सम्र्वद्धन प्रर्वद्धन गर्न स्थानीय सरकारको मुख्य हात रहेको बताएका छन् ।
ग्रामिण क्षेत्रमा उत्पादन हुने रैथाने बालि पछिल्लो समय लोप हुदै गए पछि यस लाई जोगाउन मुख्य जोड रहेको सरोकारवालाले बताएका हुन ।
रैथानै अन्न बालि पछिल्लो समयमा लोप हुदैं जान लागेपछि सरोकारवालाहरुको चिन्ता बढ्दै गएपछि अव लोप हुनबाट बचाउनको लागी यहाका स्थानीय सरकार र सरोकारवालाहरु संरक्षणको अभियानमा जुटेका छन् । सोमबार जिल्ला कृषि विकास कार्यालय मुगुको आयोजनामा र जिल्लामा रहेको सरोकार वाला निकायहरु बीच अभिमुखीकरण कार्याक्रममा यस्तो बताईएको हो ।
मुगु जिल्लामा रहेका लोपहुन लागेका रैथाने बालिलाई प्रर्वद्घन गर्ने हिसावमा भएको अभिमुखीकरणमा व्यापक छलफल गरी लोप मुलकबाट बचाउनु पर्ने जिल्लामा रहेका सरोकारवालाको ध्यान गएको छ । पूर्खादेखि उत्पादनमा आएको मुगु जिल्ला लगाएत अन्य कर्णाली प्रदेशका जिल्लाहरुमा पाईने मार्सि चामल, मार्से, कागुनो, चिनो, फापर, उवा, कोदो पछिल्लो समयमा कृषकहरुले उत्पादनमा कम गर्दै जानु र बाहिरी जिल्लाबाट उत्पादन भएर आउने सस्तो सुलभ र सहजैं रुपमा पाउने चामल, आटा मैदाले पुख्र्यौली रैथाने अन्न बाली हराउन थालेपछि पुन रैथानै बालिको उत्पादनमा र संरक्षणमा लाग्नु पर्ने देखीन्छ ।
मुगु जिल्लामा उत्पादित रैथानै अन्न बालि लोप हुनको कारण के होत हिजोको कृषि बिकास कार्यालय र आजका जप्रतिनिधिहरु हुनकी, कृषकहरुले किन उत्पादनका कर्मि गरेका हुन यो बिषयलाई ब्यापक रुपमा छलफल गरि सुधार गदै अवका आउदा दिनहरुमा स्थानिय सरोकार र कृषि संघ काम गर्ने सबै क्षेत्रहरु एक जुट भएर लोप मुलक रैथानै बालिको संरक्षणमा लाग्नु पर्नेछ ।
बिषेश गरि सडक, हवाई मार्ग र रारा ताल संग जोडिएको छायाँनाथ रारा नगरपालिकामा आन्तरिक तथा बाहिर्य पर्यटकहरुको संख्या दिन प्रति दिन बढ्दै जार्ने भएको हुदा पाहुनालाई कोसेलीको रुपमा बढी माग भएको हुर्ने भएको हुदा यि रैथानिक बालिलाई पर्यटन संग जोडेर लैजाने हो भर्ने मुगु जिल्ला र नगरपालिकाको आर्थिक उन्नतिका बृद्घि हुर्ने समेत छायानाथ रारा नगरपालिका मुगुका नगर प्रमुख हरिजंग शाहीले बताए ।
आफ्नै उत्पादन रैथानि अन्न बालिलाई प्रयोग गर्न हिच्कीचाउने गरेको बालिहरुले महत्व कति छ पौष्टिक तत्व कति छ । भन्ने ज्ञान नहुदा बाहीरी जिल्ला बाट आयतित खाद्यान्नले सरल शुलभ तरीकाले पाईने भएको हुदा र बढी उपभोग हुने भएकाले मुगुमा रहेको रैथानि बालि लोप भएको छ ।
पुर्खोयाली रैथाने अन्न बालिको महोत्व र स्थास्थ्यमा राम्रो उपयोग आउने भएको हुदा नेपालका ठूला ठूला शहरमा र बिदेशमा मुगु र कर्णाली प्रदेशमा उत्पादन भएका मार्से, कागुनो, चिनो, फापर, उवा, कोदो, मार्सि चामल, अर्गानिक र बिषाधिरहित भएको हुँदा माग बढी रहेको अवस्थालाई आउँदा दिनहरुमा यि अन्न बालिहरुको संरक्षण प्रर्वद्घन गर्नको लागी गरा सुधार, ब्यावसायरुपमा काम गर्ने कृषकहरुलाई तालिम गोष्टी, अनुदानमा कृषी औजार दिने जस्ता कार्यक्रमहरु अगाढी बडाउर्ने र सरोकार वाला निकायहरुले समेत अर्गानिक र रैथाने बालि उत्पादनका जोड दिनको लागी जिल्ला कुषि विकास कार्यालय मुगुका कार्यालय प्रमुख कमल सुनारले जानकारी दिए ।