मुगु । जिल्लाको मुगुम कार्मारोङ गाउँपालिका–८ मा रहेको च्याप्ने गाड जलविद्युत आयोजना २० वर्ष बित्दापनि बल्न सकेको छैन ।
२०५८ सालमाबाट स्थापना भएको च्याप्ने गाड जलबिघुत आयोजना सञ्चालन भएको २० वर्ष भन्दा बढी समय बिती सक्दापनि उक्त आयोजना सञ्चालनमा आउन नसकेको हो ।
२५ किलो वाट विद्युत उत्पादन गर्ने क्षमता भएको यो आयोजनाले स्थानीय माग्री र मह गाँउका झण्डैं ३ सय भन्दा बढी घरधुरीललक्षई अँध्यारोमुक्त गर्ने लक्ष्य लिइएको थियो ।
आयोजनाबाट करोडौं रकम हिनाबिना भएको र टाठा बाठाहरुले मात्र उपभोक्ता समितिमा बसेर मागि खाने भाँडो बनाएको बताईएको छ ।
साविकको जिल्ला बिकास समितिको कार्यालय मुगु अन्तरगर्त रहेको दुर्गम विकास क्षेत्रबाट सञ्चालित च्याप्नेगाढ साना जलविधुत आयोजनाको जिम्मा पाएको राधा कन्ट्रक्सनले ५८ लाखमा ठेक्का लिएको थियो । ठेक्कादरले मेकानिकल पाटो सामान खरीद ढुवानि खरीद आयोजना स्थल पुर्याउने र ढुङ्गगा, माटो, नहर बनाउने मर्मत उपभोक्ता समितीबाट गर्ने गरी सन्चालन भएको आयोजनाले जनाएको छ ।
आयोजन स्थल धेरै नहुँदा हुदै काममा खटीएका प्राविधिकले प्राबिधिक हिसावले डिजाइन स्टटमेट अनुसार कामकाज भई पावर हाउममा बत्ति बाल्ने योजना थियो । तर दुर्गम विकास क्षेत्रले विनियोजन गरेको रकमले जिल्लाबाट प्रतिबेदन दिई सकेकोले कागजी रुपमा काम सम्पन्न भएको प्रतिवेदन पास भएपनि स्थलगत रुपमा काम नभएको स्थानीय राप्क्या लामाले गुनासो गरे ।
आयोजना निर्माणका लागि २०५८ सालबाट दुर्गम क्षेत्र विकास विकास समितिबाट २६, साबिकको माग्री गाबिसको वडा नम्बर ५ देखी वडा नम्बर ९ सम्मको लक्षीत कार्याक्रमको ८ लाख ९० हजार, नेपाल जलवायू परिवर्तन कार्याक्रम (लापा)को ९ लाख १० हजार, संसद विकास कोषलगायत अन्य बिभिन्न निकायको सहयोग गरी ५० लाख र गमगाढ साना जलबिधुत आयोजना को २० लाख रकम गरेर जम्मा १ करोड १४ लाख भन्दा बढि रकम खर्च भई सकेको छ ।
गएको वर्ष विधुतको पावर हाउसमा केही दिन बत्ति बलेपनि वक्ति बल्न सकेको छैन् । यता च्याप्नागाड जलविद्युत आयोजना उपभोक्ता समितिका अध्यक्ष सोनाम छिरिङ्ग लामाका अनुसार आर्थिक अभावका कारण हालसम्म विद्युत बल्न नसकेको बताए ।
‘हाम्रो नजिकको सरकार स्थानीय सरकार हो, गाँउपालिकाको आसमा थियौं, यो गाउँपालिकाले थोरै भए पनि सहयोग गरि दिएको भए बत्ति बल्ने सम्भावना प्रवल रहेको थियो’ लामाले नेपालबोटसँग भने, ‘आयोजना सम्पन्न नहुनुको मुख्य कारण नै आर्थिक अभाव हो ।’