मुगु । जिल्लाको उत्तरी सोरु गाउँपालिका वडा नं १० का स्थानीयले आफनै वडामा ताला लगाएका छन । सोहि वडाका स्थानीयले नियमति वडामा वडा अध्यक्ष लगायत कर्मचारी नआउने र नागरिकको समस्या वर्षो हुदाँ सम्म सुनुवाई नभएका भन्दै गएको फागुन १९ गते बाट ताला लगाएको बताएका हुन ।
गएको बर्ष वडा कार्यालयले च्याकल ओखर लगाए वाफत ४ हजारका दरले प्रति घरपरिवारलाई दिने बताएको भएपनी नदिएको र वडामा मिल ल्याएको भएपनी ब्यबस्थि गर्न नसकेको, १६ महिना देखि सामाजिक सुरक्षा भत्ता नपाएको, नुन वडामा ल्याउने भन्दै प्रति घर १५ पाकेटको १० रुपैयाका दरले रकम असुली वडामा नुन पु¥याउन नसकेको भन्दै करिब ३ सय घरदुरीको सहमतीमा गहेको फागुन १९ गतेबाट वडाकार्यालय तालाबन्दी गरेको स्थानीले बताएका छन ।
अघिल्लो बर्ष यसै समयमा च्याकल ओखर खेती प्रवर्धनका लागी २३ लाख बराबरको ओखरका बोट विरुवा गाउँलेले लगाएका भएपनी १३ लाखको विरुवा खरिद गरिएको र बाँकी १० लाख विरुवा लगाएको प्रति घरपरिवार लाई ४ हजारका दरले दिने वडाको निर्णय भएपनी त्यो रकम नपाएको, १६ महिना देखि सामाजिक सुरक्षा भत्ता नपाएको भन्दै वडा कार्यालय तालाबन्दी गरेका स्थानीय हरिकेश आर्चायले बताए । उनका अनुसार वडामा ब्यतिथि भएको र नागरिकका समस्या बढ्दै गहेका र नजिकको सरकार वडा कार्यालयले सुनुवाई नगरेको भन्दै बाध्य भएर स्थानीयले वडाकार्यालय ताला बन्दी गरेका आर्चायले बताए ।
गाउँमा नुनको अभाव
गाउँमा नुनकोपनी हाहाकार छ । अघिल्लो वर्ष वडाले म्याद ग्ुर्जेको नुन गाउँमा पु¥याएको र त्यसको चौतर्फि विरोध भएपछी जिल्लाका सरोकारवाला निकायको रोहवरमा नुन जलाएको र नुन ल्याउने भन्दै वडा कार्यालयले ढुवानी स्वरुप १५ रुपैया सहयोग गर्ने र नागरिकले एक पाकेटको १० रुपैया दिनु पर्ने निणर्य बमोजिम नुनको लागी पैसा उठाएको भएपनी त्यो नुन ल्याएको भन्दै १६ दिन भयो वडामा ताला लगाएको आर्चायले बताए ।
नुन नहुदाँ वडामा नुनको हाहाकार भएको छ । नुन कहिले आउने हो थाहा छैन । वडाले मिलको ब्याबस्था गरेको भएपनी मिल सञ्चालनमा नल्याउन नसकेको र कोराना बेला राहात सामग्री ढुवानी लगायत धेरै रकम स्थानीयको नदिएको अर्का स्थानीय लक्ष्मण मल्लले बताए ।
अहिले मिलका मेसिनका सामना गोठमा थन्किएका र अन्य सामाना स्थानीयले ट्वाईलेट, लगुा सुकाउने र बाड् बाड्ने गरेका छन । समस्या धेरै भएपछी ध्यानआर्कषणको लागी वडा कार्यालय बन्द गरेको १६ दिन भएको भएपनी कतै बाट सुनुवाई नभएको स्थानीय बताउँछन् ।
यस बिषयामा बुझन खोज्दा सोरुगाउँपालिका वडा नं १० का वडा अध्यक्ष धर्मराज जैसीका दुवै फोन स्विच अफ भएका कारण बुझन सकिएन । हाल उनि जिल्ला बाहिर रहेको जानकारी प्राप्त भएको छ ।
यता सोरु गाउँपालिकाका अध्यक्ष लोकबहादुर शाहीका अनुसार यस विषयमा गाउँपालिकामा जानकारी नआएको बताएका छन । अरु नागरिकका समस्या का बारेमा आफु सबैबाट बुझन्ने बताउदै अध्यक्ष शाहीले आफु अहिले जिल्ला बाहिर भएकाले केहि थाहा नभएको बताए ।
सामाजिक सुरक्षा भत्ता वितरण प्रकृया बैकिंग प्रणाली बाट दिने प्रवधान अनुसार त्यो समस्या छ । त्यो समस्या एकै त्यो वडाको नभएर सोरु गाउँपालिका का सबै वडाको समस्या हो । सबै काम पुरा भएकाले हामि सामाजिक सुरक्षा भत्ता अब तत्काल वितरण गर्ने अध्यक्ष शाहीले बताए ।