सिमकोट । बाह्र वर्षपछि नेपाल पत्रकार महासंघ हुम्लाको नेतृत्वमा नेपाली कांग्रेस निकट नेपाल प्रेस यूनियन नेतृत्वमा पुगेको छ ।
यही २५ गते भएको प्रत्यक्ष निर्वाचन प्रर्णालीमा भएको मतदानबाट प्रेस युनियनका राजन रावत नेपाल पत्रकार महासंघको हुम्ला शाखाको अध्यक्षमा निर्वाचित भएका छन् । उनले माओवादी केन्द्र निटक प्रेस सेन्टरकातर्फबाट मनोनयन दर्ता गराएका निर्वतमान अध्यक्ष अजुएन बोहरासँग दोब्बर मतअन्तरले अध्यक्ष पद हात पारेका हुन् । रावतले कुल खसेको २९ मत मध्ये २० मत प्राप्त गरेको निर्वाचन समितिका संयोजक हरिबहादुर रावतले बताए । अध्यक्षका अर्का प्रत्यासी अर्जुन बोहराले ९ मत प्राप्त गरे ।
नेकपा एमाले निकट प्रेस चौतारी नेपालको समर्थथनमा रावतको प्यानलमा परेका अधिकांस उम्मेरदवारले महासघंको निर्वाचन जितेका छन् ।
सर्वसम्मत हुन नसकेपछि मतदान भएको उपाध्यक्ष (खुला)मा युनियनका राजबहादुर शाही, सचिवमा चौतारीका नन्द सिंह, कोषध्यक्षमा चौतारीका सुरेश परियार बिजयी भएका छन् र उनिहरुले क्रमस १९, १८ र १८ मत ल्याएका थिए । उपाध्यक्षका प्रत्यासी मिमसिंह नेपालीले १०, सचिवमा नरजन तामाङले ११ र कोषाध्यक्षका प्रत्यासी मन्दिर सिंहले १० मत प्राप्त गरेका छन् । उनिहरु सबै प्रेस सेन्टर र माधव नेपाल पक्षको प्रेस चौतारीको प्यानलबाट लडेका थिए ।
सदस्य (दलित) मा मात्रै मतदान भएको निर्वाचनमा चौतारी–युनियन प्यानलकै तर्फबाट दलसरा परियार बिजयी भएकी छन् । उनले प्रेस सेन्टर–चौतारी (नेपाल पक्ष) का भिमबहादुर परियारलाई ८ मतअन्तरले पछि पार्दै १८ मत ल्याएर विजयी भईन । उनका प्रत्यासी परियारले १० मत पाएका छन ।
शाखाको उपाध्यक्ष (महिला) माचौतारीका कुशुम बुढा, सहसचिव (खुला)मा चौतारिका अशोक भण्डारी, सहसचिव(समावेशी) मा युनियनका छपाल लामा निर्विरोध निर्वाचित भएका छन् । त्यस्तै सदस्य महिलामा चौतारीका वेलुमाया महतारा, सदस्य (जनजाती)मा प्रेस सेन्टरका भक्तराज ऐडी, सदस्य (खुला)मा चौतारीका दाने बोहरा, युनियनका लोक भण्डारी, चौतारी (नेपालपक्ष)का पदमराज हमाल निर्विरोध निर्वाचित भएका छन् । निर्वाचनबाट केन्द्रीय परिषद सदस्यमा जचौतारीकै नवराज महतारा, युनियनका जनकबहादुर शाही र प्रदेश परिषद सदस्यमा चौतारिका कालीबहादुर थापा निर्विरोध निर्वाचित भएको संयोजक रावतले नेपालवोटलाई जानकारी दिए ।
‘सहमती नभएपछि पाँच पदका लागि भएको मतदानमा चौतारी–युनियनको प्यानलै निर्वाचित भएको छ’ रावतले भने, ३३ जना कूल मतदाता भएको हुम्ला शाखामा २९ जनाले मात्रै मत प्राप्त गरेका छन् ।
१२ वर्ष अघि महासंघको नेतृत्वका लागि आकांक्षी बनेका नवनिर्वाचित रावत तत्कालीन प्रेस चौतारी र प्रेस सेन्टर बीच भएको तीन बुधें सहमतीले नेतृत्वमा पुग्न नसकेका थिए । दुई संगठन बीच भएको सहमती अनुशार अलोपालो गर्ने प्रर्णाली अनुशार महासंघ हुम्ला शाखामा नेतृत्व स्थापित गर्ने सहमती अनुशार शुरुमा चौतारीका रमेश ऐडी, त्यसपछि सेन्टरका कर्णबहादुर रोकायाले महासंघको नेर्ततव गरेका थिए भने पछि सेन्टरले चौतारीसँगको संझौतालाई भत्काउँदै युनियनसँग गरेको गठबन्दनले आप्mना अध्यक्षका प्रत्यासी अर्जुन बोहरालाई अध्यक्षमा निर्वाचित गराएको थियो ।
आफूसँगको संझौता तोडेर नेतृतव्कै लागि यूनियनसँग गएपछि सेन्टरसँग चिडिएको चौतारिले यसपटक बाह्र वर्षअघि नेतृत्वमा आफैले रोकेका रावतलाई समर्थन गरेर अध्यक्षमा निर्वाचित गरेको छ ।
पछिल्लो पटक राष्ट्रिय राजनीतिमा जुन ढंगले एमालेमाथि घेरादन्दी भएको छ त्यसगरी पत्रकारहरुको छातासंस्था नेपाल पत्रकार महासंघका तीनै तहका कमिटिमा चौतारी बडार्ने अभियान शुरु भएपछि हामीले बाध्य भएर अस्थित्व बचाउन युनियनसँग सहकार्य गर्नु परेको चौतारीका पुर्वकेन्द्रिय सदस्य तथा महासंघ केन्द्रिय निर्वाचन परिचालन समितिका सदस्य नवराज महताराले जानकारी दिए ।
लामो समय युनियनले नेतउत्व गरेको महासंघ हुम्लाको नेतृत्व हात पार्न हामीले तीन बुधें सहमती गरेर आलोपालो गरौ भनेर भद्र सहमती गरेका थियौं महताराले भने, ‘तर सेन्टरका साथीहरुले चार वर्ष अघि हामीसँगको सहमती तोडेर युनियन भएको संझौताले चौतारी बडार्ने काममा उद्धत रहेपछि हामीले युनियनको नेतृत्व स्विकार्न बाध्य भयौं ।’
महासंघलाई झोलाबाट कार्यालयमा सार्छौ
नेपाल पत्रकार महासंघ हुम्लाका नवनिर्वाचि अध्यक्ष राजन रावतले महासंघलाई झोलाबाट कार्यालयमा सार्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।
निर्वाचित टोलीलाई प्रमाण–पत्र तथा सपथ ग्रहण कार्यक्रममा बोल्दै अध्यक्ष रावतले लामो समयदेखि झोलामै सिमित रहेको पत्रकार महासंघलाई तत्काल आप्mनै पत्रिकाको कार्यालयमा भएपछि स्थापित गर्ने बताए ।
महासंघको मर्यादा अनुशार संस्थागत रुपमा विकास हुन सकेको छैन्’ उनले भने, ‘मेरो पहिलो प्रयास महासंघलाई संस्थागत गर्ने र औपचारिक रुपमै नागरिक अगुवा संस्थाका रुपमा परिचित गराउने प्रयास मैले गर्नेछु ।’ निर्वानचमा पक्ष र विपक्ष भई निर्वाचनमा लडेपनि आफूले सपथ ग्रहणबाट महासंघलाई साझा बनाएर लिने बताए ।