काठमाडौं । हिमाली जिल्लाको जिल्ला अदालतले तीन वर्षमा छ दर्जन मुद्धामात्रै फस्र्योट गरेको छ ।
कहिले न्यायधिस नहुने त कहिले विभिन्न समस्याले न्याय सम्पादनका काम नहुने भनेर गुनाशो खेपेको जिल्ला अदालत हुम्लाले पछिल्लो तीन वर्षमा दर्ता भएका एक सय १४ मुद्धा मध्ये आमा मुद्धालाई मात्रै फस्र्योट गरेको हो ।
जिल्ला अदालत हुम्लाले शनिबार आप्mनै कार्यालयमा प्रगती विवरण सार्वजनिक गर्दै अदालतमा सरी आएका वा नयाँ दर्ता भएका मुद्धा मध्ये तीन वर्षको अन्तरालमा ६0 वटा मात्रै फ्रस्र्योट भएको जानकारी दिएको छ । अदालतका श्रेष्तेदार मदनराज भट्टराईका अनुसार अघिल्लो आवमा सरेर आएको मुद्दा संख्या ६१ रहेको छ भने चालु आवमा नयाँ ५३ वटा गरेर अदातलतमा दर्ता भएका एक सय १४ वटा ११ मुद्दा मध्ये ६० वटा फस्र्यौट भएका हुन् ।
‘जिल्ला अदालत हुम्लामा दर्ता भएका मुद्धा मध्ये देवानी तर्फ जिम्मेवारी सरेको २७, नयाँ दर्ता भएका २५ वटा गरेर जम्मा ५२ वटा मुद्दा मध्ये ३० वटा फस्र्यौट भएका छन्’, उनले भने, ‘अँझै २२ वटा त्यस्ता मुद्धा फैसला हुन बाँकी छन् ।’
जिल्ला अदालतमा दर्ता भएका मुद्धाको अनुपातमा हालसम्म ६८ दशमल ४ प्रतिशत मुद्दा फैसला गरेको जानकारी दिएका श्रेस्तेदार भट्टराईले जिल्ला अदालतमा आठ वटा वालवालिका सम्बन्धि मुद्दा दर्ता भएको बताए । ‘दर्ता भएका वालवालिकाका मुद्धा मध्ये चारवटा फैसला भईसकेको छ भने अहिलेसम्म जेष्ठ नागकिरसँग सम्बन्धि कुनैपनि मुद्ध दायर भएको छैन्’ सञ्चारकर्मी माझ उनले थपे ।
जिल्ला अदालत हुम्लामा बालबालिका बाहेक अन्य थुनुवा रहेका नौ वटा मुद्दा चालुमा रहेको छ भने मानिसको संख्या दश रहेको जिल्ला अदालतका श्रष्तेदार भट्टराईले जानकारी दिए ।
विभिन्न मुद्धामा संलग्न दुई जना बालबालिकालाई सुधार केन्द्रमा राखिएको बताएका भट्टराईले जिम्मेवारी सरेका सरकारवादी मुद्दाको संख्या २६, नयाँ दर्ता भएका १५ गरेर जम्मा ४१ वटा मुद्दा मध्ये १७ वटा फस्र्योट भएको बताए । उनका अनुसार २४ वटा मुद्धा फस्र्योट हुन बाँकी भन भने दुनियावादी फौजदारीतर्फ जिम्मेवारी सरेका मुद्धाको संख्या आठ र नयाँ दर्ता भएका १० गरेर १८ वटा मध्ये १३ वटा फैसला भएको र ५ वटा मुद्दा बाँकी रहेका छन् । यस्तै पुनरावेदनमा नयाँ दर्ता भएका तीनवटै मुद्दाको फैसला हुन बाँकी रहेको छ ।
जिल्ला अदालत हुम्लाले आयोजना गरेको उक्त कार्यक्रममा जिल्ला अदालत हुमलाको न्यायधिश जगतबहादुर पौडेलले जतिसक्दा छिटो न्याय दिलाउनतर्फ अदालत लागि परेको प्रतिक्रिया दिए । अदालतको कामप्रति नागरीकको बुझाईमा कमि भएको उल्लेख गरेका न्यायधिस पौडेलले हुम्लाका शिक्षित तथा जाने बुझेका वर्गले न्यायका लागि अदालत आउनेसंस्कार निकै कम भएको बताए ।