काठमाडौं । उदयमान राष्ट्रका रुपमा पहिचान बनाएको चिनका राष्ट्रपति सी जिपिङले चीनको विकासमा नेपाल लगायतका मुलुकाको साथ खोजेका छन् ।
चीनका लागि नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले चिनियाँ राष्ट्रपति सी जिनपिङलाई ओहदाको प्रमाणपत्र बुझाउने क्रममा राष्ट्रपति सीले यस्तो बताएका हुन् ।
बेइजिङस्थित ग्रेट हल अफ दी पिपुलमा आयोजित समारोहमा पाण्डेसहित २९ मुलुकका राजदूतले प्रमाणपत्र बुझाउने कायृक्रमलाई संवोधन गर्दैराष्ट्रपति सीले चीनको हरेक विकासमा नेपाललगायतका मुलुकको साथको अपेक्षा गरे ।
नियुक्त भएको आठ महिनापछि राजदूत पाण्डेले चिनियाँ राष्ट्रपतिलाई प्रमाणपत्र बुझाएका हुन् । प्रमाणपत्र बुझेपछि राष्ट्रपति सीले राजदूतहरुलाई सम्बोधन गरेका थिए ।
विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड(१९ नियन्त्रणमा चीनले अग्रणी भूमिका खेलेको र सम्बन्धित मुलुकका सरकारले पनि महामारी नियन्त्रणमा राम्रो भूमिका खेलेको भन्दै राजदूतमार्फत सन्देश व्यक्त गरेका थिए ।
यसवर्ष कम्युनिष्ट पार्टी स्थापनाको १०० वर्ष पुगेको र चीनले समृद्धि हासिल गर्नको लागि सन् २०२५ सम्म चौंधौं पञ्चवर्षिय योजना घोषणा गरेको सीले बताए ।
चीनले नयाँ विकासको दर्शन र आयाम आत्मसात गर्ने र यसले नागरिकको हित गर्ने लक्ष्य राखेको बताउँदै राष्ट्रपति सीले यो दर्शनअन्तर्गत अनुसन्धान, समझदारी, ग्रीन अवधारणा र विकास समावेश गरिएको जानकारी राजदूतहरुलाई गराए ।
राष्ट्रपति सीले सम्बन्धित मुलुकका राजदूतहरुमार्फत त्यहाँका राज्य प्रमुखहरुलाई शुभकामना समेत पठाएका थिए । अर्को वर्ष बेइजिङमा आयोजना हुन लागेको विन्टर ओलम्पिक प्रतियोगिता सफल पार्न सम्बन्धित राजदूतका मुलुकलाई सीले आग्रह गरे ।
राष्ट्रपति सीले सम्बन्धित मुलुकलाई चीनसँगको द्धिपक्षीय सम्बन्धमा भूमिका खेल्न समेत आग्रह गरे ।