सुर्खेत । नेकपा (एमाले) पार्टीको ह्विप विपरित 'फ्लोर क्रस' गर्ने चार सांसदलाई साधारण सदस्य नरहने गरेर कारबाही गर्न एमाले कर्णाली प्रदेश कमिटिले सिफारिस गरेको छ ।
पार्टीको कर्णाली प्रदेश अध्यक्ष गोरख बोगटीले आज (शनिबार) विज्ञप्ती जारी गर्दै शुक्रबार कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रदेशसभामा विश्वाशको मत लिने क्रममा पार्टीको 'फ्लोर क्रस' गरेका प्रकाश ज्वाला, अमबहादुर थापा, जनन्दसिंह बुढा र कुर्मराज शाहीलाई पार्टीको साधारण सदस्य नरहने गरेर निष्कासित गरेको जानकारी दिएका छन् ।
‘प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि २०७८ बैशाख ३ गते बसेको कर्णाली प्रदेश सभाको बैठकमा नेकपा एमाले कर्णाली प्रदेश सभा दलको ह्वीप उलंघन गरी नेकपा एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित एवम् कर्णाली प्रदेश कमिटीका सदस्य समेत रहेका निम्न व्यक्तिहरुले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट विजयी एवम् कर्णली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मतदान गरी जघन्य अपराधपूर्ण काम गरेका छन्,’ अध्यक्ष बोगटीले विज्ञप्तीमा उल्लेख गर्दै भनेका छन्, ‘हाम्रो पार्टीको २०७८ बैशाख ३ गतेनै बसेको प्रदेश सभा दलको बैठकको निर्णय अनुसार निजहरुलाई प्रदेश सभा सदस्य र पार्टीको कर्णाली प्रदेश कमिटी सदस्यबाटसमेत निस्कासन गर्न भनि आएको सिफारिसलाई समेत आधार बनाई २०७८ बैशाख ३ गतेदेखि लागु हुनेगरी निजहरुलाई पार्टी सदस्यसहित पार्टी कमिटीका सबै जिम्मेवारीबाट निस्काशन गरिएको र नेकपा एमाले राष्ट्रिय महाधिबेशन आयोजक कमिटी सदस्य प्रकाश ज्वालालाई पार्टी सदस्यसमेत नरहने गरी निस्काशित गर्न पार्टी केन्द्रमा सिफारिस गरिएको छ’
सुक्रबार सम्पन्न कर्णाली प्रदेशसभामा भएको सरकारको विश्वाशको पक्षमा एमाले कर्णाली प्रदेश संसदीयद दलको बैठकको निर्णय विपरित चार सांसदले मुख्यमन्त्री शाहीको पक्षमा मतदान गरेपछि एमालेको संसदीय दलको आकस्मिक बैठक शुरू भएको छ । बैठकले ‘फ्लोरक्रस’ गर्ने पाँचका थिए ।
पार्टीका ह्वीप उल्लंघन गर्दै सांसदहरूले सरकारलाई विश्वासको मत दिएपछि उनीहरूलाई सांसद पदबाट निलम्बन गर्न संसदीय दलले शुक्रबार नैं कारबाहीको सिफारिस गरेको थियो ।
एमाले प्रदेश अध्यक्ष बोगटीले निकालेको प्रेस विज्ञप्ती
प्रेस‐वक्तव्य
प्रस्तुत विषयमा तीनवर्षअघि हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी(एमाले) र नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र) बीच केन्द्रमा भएको सहमति अनुसार नेकपा एमाले सम्मिलित नेकपा माओवादी केन्द्रको नेतृत्वमा कर्णाली प्रदेश सरकार गठन भएको थियो । सर्वोच्च अदालतको फैसला अनुसार साविकका दुबै पार्टी पुर्ववत अवस्थामा फर्कि सकेको अवस्थामा २०७७ चैत्र ४ गतेका दिन बसेको नेकपा एमाले कर्णाली प्रदेश सभा दलको बैठकको निर्णय अनुसार नेकपा माओवादी केन्द्रको सरकारलाई दिएको समर्थन फिर्ता गरिएको थियो । जसको कारण नेकपा माओवादी केन्द्रको नेतृत्वमा रहेको कर्णाली प्रदेश सरकार अल्पमतमा परेकोले प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने प्रयोजनका लागि २०७८ बैशाख ३ गते बसेको कर्णाली प्रदेश सभाको बैठकमा नेकपा एमाले कर्णाली प्रदेश सभा दलको ह्वीप उलंघन गरी नेकपा एमालेबाट प्रदेश सभा सदस्यमा निर्वाचित एवम् कर्णाली प्रदेश कमिटीका सदस्य समेत रहेका निम्न व्यक्तिहरुले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को तर्फबाट विजयी एवम् कर्णली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई मतदान गरी जघन्य अपराधपूर्ण काम गरेकाले हाम्रो पार्टीको २०७८ बैशाख ३ गतेनै बसेको प्रदेश सभा दलको बैठकको निर्णय अनुसार निजहरुलाई प्रदेश सभा सदस्य र पार्टीको कर्णाली प्रदेश कमिटी सदस्यबाटसमेत निस्कासन गर्न भनि आएको सिफारिसलाई समेत आधार बनाई २०७८ बैशाख ३ गतेदेखि लागु हुनेगरी निजहरुलाई पार्टी सदस्यसहित पार्टी कमिटीका सबै जिम्मेवारीबाट निस्काशन गरिएको र नेकपा एमाले राष्ट्रिय महाधिबेशन आयोजक कमिटी सदस्य प्रकाश ज्वालालाई पार्टी सदस्यसमेत नरहने गरी निस्काशित गर्न पार्टी केन्द्रमा सिफारिस गरिएको व्यहोरा पार्टीका नेता,कार्यकर्ता तथा सम्बद्ध सबैमा जानकारी गराइन्छ ।
तपशील
१. नन्दसिंह बुढा, डोल्पा
२. अमरबहादुर थापा, दैलेख
३. कुर्मराज शाही,कालीकोट
४ वैशाख, २०७८
(गोरखबहादुर बोगटी)
अध्यक्ष