सुर्खेत । कर्णाली प्रदेशसभाबाट भर्खरै विश्वाशको मत प्राप्त गरेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले एकसातामै प्रदेश सरकार पुर्नगठनको तयारी गरेका छन् ।
विश्वासको मत लिन साथ दिएको नेपाली कांग्रेस र एमालेका चार जना सांसदको प्रतिनिधित्व हुने गरी मुख्यमन्त्री शाहीले एकसातामै मन्त्री हेरफेरको तयारी गरेको मुख्यमन्त्री स्रोतले जनाएको छ । प्रदेशसभाको सबैभन्दा ठूलो दल नेकपा (एमाले) माधव नेपााल पक्षिय चार जना सांसदले र कांग्रेसको समर्थनले सरकार जोगिएपछि समर्थन गर्ने सांसद र पार्टीलाई रिजाउन सरकारमा सहभागिता गराउन गरेर मुख्यमन्त्री शाहीले सरकार पुर्नगठनको तयारी गरिरहेको स्रोतको दावी छ ।
‘नेकपा (एमाल)ले समर्थनफिर्ता लिएपछि शूरु भएको प्रदेश सरकारको किचलो शुक्रबार मुख्यमन्त्रीले प्रदेशसभामा विश्वासको मत लिएपछि सकिएको छ,’ स्रोत भन्छ, ‘विश्वाशको मत लिने क्रममा भएको सहमतीमा सम्भवत आउन्दो हप्ता मुख्यमन्त्री शाही नेतृत्वको प्रदेश सरकारको मन्त्री परिषद् पुनर्गठन गर्ने तयारी छ ।’
नेकपा (एमाले) संसदिय दलको निर्णय विपरित चार जना सांसदले ‘फ्लोर क्रस’ गरेपछि विश्वाशको मत दिएको नेपाली कांग्रेस सहितको सरकार बनाउने गरेर शाहीले मन्त्रीपरिषद् हेरफेको तयारी थालेका हुन् । स्रोतका अनुसार नेपाली कांग्रेसबाट एक राज्यमन्त्री सहित तीन मन्त्रालय दिने कुरा मुख्यमन्त्रीको सचिवलायमा छलफल चलिरहेको छ । प्रदेश सरकारमा सहभागि हुन काँग्रेसबाट दिनवन्धु श्रेष्ठ, हिमबहादुर शाही र यज्ञ विसीलको नाम चर्चामा छ ।
एमालेको आन्तरिक किचलोले ‘फ्लोर क्रस’ गरेपछि ‘अल्पमतमा रहनु भएका मुख्यमन्त्रीलाई मत दिएर सहयोग गरेकाले कांग्रेस अब प्रदेश सरकारमा सहभागि हुने कांग्रेसका एकजना सांसदले बताए । अहिले नैं आप्mनो नाम उल्लेख नगर्न बताएका ति सांसदका अनुसार अब पुर्नगठन हुने प्रदेश सरकारमा कांग्रेसले एक राज्इ मन्त्री सहित तीन मन्त्रालय मागेको छ ।तर मुख्यमन्त्री शाहीले दुई मन्त्रालय दिने योजना बनाएको बताइएको छ ।
‘फ्लोर क्रस’ गर्ने चार मध्ये दुई मात्रै मन्त्री बन्ने
मुख्यमुन्त्री शाहीलाई विश्वाशको मत दिन पार्टीको निर्णयलाई उल्लंघन गर्दै ‘फ्लोर क्रस’ गरेका एमालेका चार जना सांसद मध्ये दुई जना मात्रै प्रदेश सरकारमा सहभागि हुने कुरा चलेको छ । माअोवदी केन्द्रका कर्णाली प्रदेश संसदीय दलका नेता समेत रहेका मुख्यमन्त्री शाहीको पक्षमा मतदान गर्ने एमालेका सांसद मध्ये कुर्मराज शाही र अमरबहादुर थापा मात्रै अब बन्ने प्रदेश सरकारमा सहभागि हुने भएका हुन् । मुख्यमन्त्री स्रोतका अनुसार बिहिबार साँझ भएको सहमती अनुसार चार जना मध्ये दुई जनालाई मात्रै अब बन्ने सरकारमा सहभागि गराउने तयारी भएको हो । पार्टीको आन्तरिक किचलोका कारण आफूहरुले मुख्यमन्त्री लाई ‘फ्लोर क्रस’ गरेर मत दिएको बताएका प्रदेश सांसद अम्मरबहादुर शाहीले मन्त्री पदको लोभमा आफूले विश्वाशको मतको पक्षमा मतदान नगरेको उल्लेख गर्दै अवस्था आए सरकारमा सहभागि हुन सकिने तर्फ संकेत गरे ।
माओवादीबाट विष्ट र नेपालीको चर्चा
प्रदेश सरकारको नेतृत्व गरेको माओवादी केन्द्रको तर्फबाट अब बन्ने मन्त्री परिषद्मा विन्दमान विष्ट र सीता नेपाली मन्त्री बन्ने भएका छन् । केन्द्रिय सदस्य समेत रहेका नेकपा माओवादी केन्द्रका एक सांसदका अनुसार हाल मन्त्री परिषद्मा रहेका नरेश भण्डारी र बिमला केसीको ठाउँमा विष्ट र नेपालीलाई मन्त्री बनाउने पार्टी भित्र आन्तरिक सल्लाह भएको छ ।
प्रदेश मन्त्री परिषद् आठ सदस्यीय बन्ने
यस अघि सात सदस्यीय बनेको कर्णाली प्रदेश सरकार अब आठ सदस्यीय बन्ने भएको छ । मुख्यमन्त्रीलाई प्रदेशसभाबाट विश्वाशको मत लिन सहयोग गर्ने पार्टी र साँसदहरुलाई भाग पुर्याउन मन्त्रीको संख्या आठ पुर्याउने तयारी मुख्यमन्त्रीले गरेका छन् ।
‘माओवादी केन्द्र, नेपाली कांग्रेस र एमालेका ‘फ्लोर क्रस’ गर्ने सांसदहरुलाई समेत सरकारमा सहभागि गराउनु पर्ने बाध्यता भएकाले मन्त्री परिषद्को संख्या बढ्छ होला’ स्रोतले भन्यो, ‘मन्त्री परिषद्को आकार यति संख्याकै बनाउने भन्ने बारेमा अहिले टुंगो नलागेको भएपनि पहिलोको भन्दा बढाउने तयारी मुख्यमन्त्री शाहीले गर्नु भएको छ ।’
संविधान र अन्य प्रदेशको प्राक्टीसलाई हेरेर कर्णाली प्रदेश सरकारमा मन्त्रीहरुको संख्या निर्धारण गर्ने तयारी भैरहेको मुख्यमन्त्रीको उच्च स्रोतले जनाएको छ ।