सिमकोट । संघीय सरकारका भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले राष्ट्रिय सडक सञ्जालमा नजोडिएको हुम्ला सदरमुकाम सिमकोटलाई सडक सञ्जालमा जोड्ने कामलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन् ।
कर्णाली कोरिडोर सडक आयोजनाको हेलिकोप्टरबाट हवाई अनुगमन गर्दै हुम्ला सदरमुकाम सिमकोट पुगेका मन्त्री नेम्वा«ङले वर्तमान सरकारले अबको एक वर्षमा कुनैपनि मूल्य चुकाएर भएपनि सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोडन् आवश्यक बजेटको व्यवस्था गर्ने प्रतिवद्धता व्यक्त गरे ।
नेपाली सेनाको हेलिकोप्टरमार्फत हवाई अनुगमन गरेर जिल्ला सदरमुकाम सिमकोट पुगेका मन्त्री नेम्वाङले जिल्लाका दलका प्रतिनिधि तथा सञ्चारकर्मीसँग भने, ‘यो बाटोको बाँकी खण्डमा कसरी द्रुततर गतिले पु¥याउने भनेर हामीले निकै महत्व दिएर काम गरिरहेका छौं ।’ यो बाटोको ट्रयाक खन्ने कामका लागि बजेको कुनै कमी हुन नदिने मन्त्री नेम्वाङले प्रतिवद्धता व्यक्त गरे ।
‘आउने आर्थिक वर्षमा कोभिडका कारण बजेटको आकार घटेर गएपनि कर्णाली कोरिडोरका लागि पहिलो ध्यान दिने भएकाले हामीले प्रत्यक्ष फिल्ड निरिक्षण गर्न आएको हौं,’ उनले भने, ‘वर्तमान सरकारले झण्डै ३५० किलो मिटरको कर्णाली कोरिडोरका लागि निर्माण गर्न हामी लगोका छौं ।’
सरकारको लक्ष्य अनुसार देशलाई उत्तर–दक्षिण राजमार्गका रुपमा रहेको कर्णाली कोरिडोरलाई हाम्रै पालोमा ट्रयाक खोल्ने गरेर बजेट र अन्य प्राविधिक सेटअपको काम भैरहेको उनले बताए । ट्रयाक खोल्न बाँकी रहेको स्थानको ठूलो भिरको चट्टान फोर्न नसकिएपनि तत्काल भिरलाई छल्न कर्णालीको वारी र पारी वेलीब्रीज राखेर भएपनि सिमकोटमा सडक पु¥यायन यो सरकार लागि परेको मन्त्री नेम्वाङले थपे ।
बाँकी खण्डको काम सेनालाई दिने ‘कर्णाली कोरिडोरको बाँकी ट्रयाक खोल्ने काम पनि नेपाली सेनालाई दिन सरकारले प्रक्रिया अघि बढाएको खुलासा गरे । स्थानीयको माग अनुसार ट्रयाक खन्ने काम नेपाली सेनालाई दिन सबै प्रक्रिया सरकारले अघि बढाएको छ’ मन्त्री नेम्वाङले भने, ‘कर्णाली कोरिडोरको बाँकी कामलाई पुरा गर्न हामीले आठ महिनादेखि सेनालाई दिने प्रक्रिया अघि बढाएका छौं ।’
अहिले सम्माननीय प्रधानमन्त्री ज्यू रक्षा मन्त्रालयको रुपमा पनि रहनु भएको उल्लेख गरेका मन्त्री नेम्वाङले, ‘हाम्रो मन्त्रालय बाट रक्षा मन्त्रालय अन्तरगतको नेपाली सेनालाई पत्राचार गरिसकेका छौं र बाँकी खण्डमा यहाँ (जिल्लावासी)को भावना अनुसार चाँडो भन्दा चाँडो ट्रयाक ओपन गर्न निर्माण व्यावसायीबाट सकिदैन भने सेनाबाट अघि बढाउन भनेर हामीले आयोजनाका जर्नेल सावलाई समेत सँगै ल्याएर आएको छौं कामको जिम्मा तत्काल सेनालाई दिन हामीलाई कुनै समस्या छैन् ।’
हिल्सा– सिमकोट को काम सन्तोषजनक
जिल्लालाई उत्तरी चीनसँग जोड्ने बहू–प्रतिक्षित हिल्सा–सिमकोट सडक आयोजनाको काम सन्तोषजनक भएको पूर्वाधार मन्त्री नेम्वाङले बताए । सिमकोट स्थित सडक आयोजनाको बिफ्रिीङ अनुसार अबको दुई महिनामा हिल्सा–सिमकोटको सडक आयोजनाको ट्रयाक खन्न बाँकी च्याछहराको काम सक्ने जनाएको उल्लेख गरेका नेम्वाङले त्यो बाटोलाई यही आर्थिक वर्षमा सम्पन्न गर्न सरकार लागि पर्ने प्रतिवद्धता व्यक्त गरे ।
ट्रयाक खोल्न अब १५ किलोमिटर मात्रै बाँकी
रष्ट्रिय सडक सञ्जालमा जोड्न बाँकी रहेको हुम्ला सदरमुकाम सिमकोट पु¥याउन अब १६ किलोमिटर खण्डमात्रै बाँकी रहेको बताइएको छ ।
सोमबार सिमकोटमा आयोजनाको प्रगतिको विवरण सार्वजनिक गर्दै आयोजनाको सिमकोट कार्यालयले सिमकोट पुग्न अब १६ किलोमिटर मात्रै बाँकी रहेको जनाएको छ ।
‘नेपाली सेनाले जिम्मा लिएको सलिसल्ला खण्डको ट्रयाक खन्ने काम सकिएको छ । आयोजनाको सिमकोट–सलिसल्ला खण्डको ५० किलोमिटर मध्ये अहिलेसम्म ३५ किलोमिटर ट्रयाक खोल्ने काम सकिएको छ,’, आयोजना इकाई कार्यालय हुम्लाका प्रमुख विसुन्दास लामाले भने, ‘सर्केगाड गाउँपालिका वडा नं. ४ को दुल्ली कुनादेखि खार्पुनाथ गाउँपालिकाको वडा नं. १ को बोक्च्या गौडासम्मका विभिन्न खण्ड गरेर अब १५ किलोमिटर ट्रयाक खोल्ने काम बाँकी रहेको छ ।’
कोभिडका कारण समयमा कन्ट्रयाक्टरले काम गर्न नसकेको उल्लेख गरेका लामाले आगामी आर्थिक वर्षको असोज कात्र्तिकसम्ममा उक्त बाँकी खण्डलाई समेत सक्ने गरेर काम अघि बढेको प्रतिmक्रिया दिए ।
हामीले बोच्केगौडाको चट्टान फोड्ने काममा ब्रेक थ्रु नै गरेका छौं, उनले थपे, अब कडा चट्टान भएको स्थानमा बेलिब्रीज मार्फत कर्णाली तारेर भएपनि हामीले चाँडोभन्दा भाँडो सरकारको लक्ष्य अनुसार सिमकोटलाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने गरेर काम अघि बढाएका छौं ।