सिमकोट । लामो समयपछि हुम्लामा वैशाख महिनामा भारी हिमपात भएको छ ।
धेरै दिनदेखि लागेको तुँवालो र तीन दिनयतादेखिको बाक्लो बादल पश्चात आज बिहानदेखि जिल्लाका अधिकांश क्षेत्रमा हिमपात भएको हो । हिमपतले सदरमुकाम सिमकोट सेताम्य भएको छ । आज बिहान २ बजे देखि सिमकोटमा हिउँ पर्न शुरु गरेको थियो ।
बिहानै देखि परेको भारी हिमपातले जिल्लाको जनजीवन प्रभावित बनाएको छ । हिमपातले त्याधिक जाडो बढाएपछि सिमकोट देखि उत्तरका वस्तीहरुको जनजीवन प्रभावित बनाएको हो ।
जिल्लाको उत्तरी क्षेत्रमा पर्ने नाम्खा गाउँपालिकाका अधिकांश वस्तीहरुका स्थानीयलाई घरबाहिर निस्कन समेत समस्या भएको छ । हिमपातले सदरमुकाम सिमकोटको तापक्रम माइनसमा झरेको छ भने उत्तरी क्षेत्रको तापक्रम माइनस १० भन्दा तल झरेको स्थानीय प्रहरी चौकीलाई उदृत गर्दै जिल्ला प्रहरी कार्यालय स्रोतले जानएको छ । हिमपाले नाम्खा गाउँपालिकाको लिमि, चाला, मुचु लागयतका वस्तीमा आवातजावत नैं बन्द भएको नाम्खा गाउँपालिकाका अध्यक्ष विष्णु लामाले जानकारी दिए ।
‘लिमिमा तीनवटै गाउँमा घरबाट बाहिर निस्कीने अवस्था छैन् भन्ने खबर आएको छ,’ स्थानीयसँग टेलिफोनमा भएको कुराकानीलाई उदृत गर्दै अध्यक्ष लामाले भने, मुचु, यारी र चालामा पनि आज परेको हिमपातले जनजीवन निकै प्रभावित बनाएको छ ।’ लिमि र चालामा अहिले झण्डैं २ फिट हिउँ जमेको छ भने मुचुमा डेढ फिट भन्दा बढी हिउँ जमेको लामाले जानकारी दिए । उत्तरी क्ष्ँेत्रका वस्तीहरुसँग हिजोदेखि पाmेन सम्पर्क समेत टुटेको उल्लेख गरेका लामाले लिमिमा एक घरबाट अर्को घरमा जान सक्ने अवस्था समेत नभएको बताए ।
लिमि र चाला गाउँ सम्पर्क बिहिन
बुधबार (हिजो) राती देखि निरन्तर रुपमा आएको हिमपताले उत्तरी लिमिका तीन गाउँ जाङ, तिल र हल्जी सम्पर्क बिहिन भएका छन् । उत्तरी छिमेकी मुलुक चीनसँग सिमाना जोडिएका उक्त गाउँमा भएको भिस्याड टेलिफोनले समेत का मगर्न छोडेपछि लिमिका तिनै गाउँ सम्पर्क बिच्छेद भएको लिमिका वडा अध्यक्ष पाल्जोर तामाङले जानकारी दिए ।
हिजो (बुधबार) राती ९ बजेसम्म फोनमा कुराकानी भैरहेको थियो,’ लिमि जानलाई नाम्खा गाउँपालिकाको केन्द्र याल्वाङमा रहेका वडा अध्यक्ष तामाङले भने, लगातार हिउँ परेपछि आज बिहान फोन सम्पर्क पनि भएको छैन् ।’ हिमपातले नाम्खाकै चाला र यारी गाउँ पनि सम्पर्क बिहिन भएको गाउँपालिका अध्यक्ष विष्णुबहादुर लामाले जानकारी दिए । चाला र यारीमा बुधबार बेलुकासम्म नमस्तेको टावरले काम गरेको बताएका लामाले भने, हिउँसँगै टावरले काम नगरेपछि आज बिहान दुवै गाउँ समेत सम्पर्क बिहिन बनेका छन् ।’
लिमिमा घरका चोरी जंगलमै
वैशाखमा परेको भारी हिमपातले उत्तरी लिमि गाउँका घर पालुवा चौरीहरु जंगलमै रहेका छन् । वैशाख लागेपछि जंगलमा छोड्ने परम्परा अनुसार छोडिएका चौरी अचानक परेको भारी हिमपातले घरमा ल्याउन नसकिएको नाम्खा गाउँपालिका –६ लिमिका वडा अध्यक्ष पाल्जोर तालमाङले जानकारी दिए ।
‘हिउँदामा जम्मा गरेको घाँस सकिएपछि वैशाख देखि चौरीलाई जंगलमा छोड्ने चलन अनुसार हामीले चैत अन्तिम तिरै चौरी जंगलमा धपाएका थियौं,’ वडा अध्यक्ष तामाङले भने, ‘हिजो (बुधबार) रातीदेखि निरन्तर परेको हिमपातले चौरीहरुलाई घरमा ल्याउन नसक्ने अवस्था आएको छ ।’
हवाई सेवा बन्द
हिमपातसँगै लागेको बाक्लो कुहिरो र बादलले हुम्लालाई अन्तर जिल्ला जोड्ने एक मात्र यातायातको साधन हवाई सेवा समेत बन्द भएको छ । तुँवालो र बादल लागेपछि दुई दिनयता सिमकोटका लागि कुनै पनि उडान नभएको सिमकोट विमान स्थलले जनाएको छ ।
मंगलबार र बुधबार तुँवालो सहितको बादलले भिजिविलिटी नभएको कारण नेपालगञ्ज सुर्खेतबाट हुने उडान रद्ध भएका थिए भने आज बिहानै देखि बाक्लो हिउँ परेपछि सबै उडान रद्ध भएको विमानस्थल प्रमुख मोहन गिरीले जानकारी दिए ।
जिल्लालाई अन्तर जिल्लासँग जोड्ने एकमात्र हवाई सेवा बन्द भएपछि नेपालगञ्ज, सुर्खेत, काठमाडौं लगायतका स्थानमा जाने सर्वसाधरणलाई समेत समस्या भएको छ । हवाई सेवा अवरुद्ध भएपछि सिमकोट बजारमा सुर्खेत÷नेपालगञ्जदेखि आपूर्ति हुँदै आएका दैनिक उपभोग्य सामानको ढुवानी समेत रोकिएको छ ।
किसानलाई खुशी
लामो समयदेखि वर्ष नभएका कारण चर्को खडेरीको मारमा परेका जिल्लाका किसानलाई आज परेको हिमपातले भने खुशी बनाएको छ ।
उत्तरी क्षेत्रमा हिउँ र मध्ये तथा दक्षिणी क्षेत्रमा पानी परेपछि बारीमा छरेको गहुmँ जौं र उवाका बचेका वुटाहरु राम्रो हुने भन्दै आफूहरुलाई खुशी बनाएको सिमकोट गाउाँलिका–२ ठेहेका कालिबहादुर भण्डारीले जानकारी दिए । हिउँले केही चिसो बनाएपनि बालीनालीका लागि राम्रो भएको बताएका भण्डारीले भने, ‘लामो समयदेखि परेको चर्को खडेरीले बारीमा लगाएको जेठासी (जेठमा पाक्ने) र कात्र्तिके (कार्किकमा पाक्ने) बाली केही राम्रो हुन्छ की भन्ने आशा हामी आम किसानलाई यो हिउँले जगाएको छ ।’
आज परेको हिमपातले पशुवस्तुलाई वनको घाँस समेत पलाउने भएपछि पनि किसान खुशी भएका छन् । ‘घरको घाँस सकिएको र वनमा खडेरीले केही घाँस नपलाएकाले घरपालुवा पशुवस्तुलाई कसरी पाल्ने होला भन्ने समस्याले निकै पिरोलेको थियो,’ अदानचुली –५ कर्गैइका दिपबहादुर रोकायाले भने, ‘बाली नाली सँगै वनको घाँस पनि अब पलाउने हो र पशुवस्तुलाई पाल्न समेत राम्रो हुने भयो भनेर हामील खुशी छौं ।’