सिमकोट । ग्रीनजोनका रुपमा रहेको हिमाली जिल्लामा कोरोना संक्रमणको दर २० प्रतिशत पुगेको छ ।
कोरोनाको हटस्पटका रुपमा रहेको बाँके र सुर्खेतबाट हवाई मार्ग भएर हुम्ला आएका यात्रुहरुको एण्टीजेन परिक्षण गर्दा परिक्षण गरेका मध्ये २० प्रतिशतमा संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय हुम्लाका प्रमुख प्रेमबहादुर सिंहले जानकारी दिए । आज (सोमबार) बिहान नेपालगञ्ज र सुर्खेतबाट आएका आएका ४० जना यात्रुहरुमध्ये ८ जनामा संक्रमण पुष्टि भएको हो ।
बिहान निजि विमान सिता र तारा एयरबाट आएका ४० जना यात्रुहरुमा गरिएको एण्टीजेन परिक्षणले विभिन्न गाउँका नागरिकलाई संक्रमण पुष्टि भएको हो ।
संक्रमण पुष्टि हुनेमा सिमकोट–२ का २३ वर्षिय पुरुष, खार्पुनाथ–४ का १७ वर्षिय पुरुष, सर्केगाड–४ का २० वर्षिय पुरुष, खार्पुनाथ–३ का २० वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको हो । यसैगरी बिहान सिमकमोट विमानस्थलमा ओर्लेका खार्पुनाथ–३ का १८ वर्षिय पुरुष, सिमकोट–१ की २० वर्षिय महिला, सिसमको–८ का १६ वर्षिय पुरुष र खर्पुनाथ–२ का ३४ वर्षिय पुरुषमा कोरोना पोजेटिभ देखिएको जनस्वास्थ्य कार्यालयका सूचना अधिकारी भक्ती फडेराले जानकारी दिए ।
कोरोना संक्रमणको हटस्पटका रुपमा रहेको बाँके र सुर्खेतबाट जिल्ला आएकाहरुको नमुना परिक्षण गर्दा ८ जनामा संक्रमण पुष्टि भएको हो’ उनले नेपालवोटसँग भने, ‘४० जनामा ८ जनाको संक्रमण पुष्टि हुने भनेको हुम्लापनि कोरोना संक्रमणको उच्च जोखिममा रहेको मानिन्छ ।’
संक्रमण पुष्टि भएका सबैजना संक्रमितलाई रानीवन स्थित क्वारेष्टिनमा बसाउने व्यवस्था गर्न लागिएको उल्लेख गरेका जनस्वास्थ्य अधिकृत सिंहले अन्यकन्ट्रयाक ट्रेसिङमा रहेकालाई पनि निगरानीकालागि पहल भैरहेको जानकारी दिए ।
गएको १४ गतेपछि सुर्खेत र नेपालगञ्जबाट हर्वाइ मार्ग हुदैं तीन सयको हाराहारीमा यात्रु जिल्ला भित्रिएको भएपनि उनिहरुको परिक्षण नभएकाले हुम्लापनि कोरोना संक्रमणको उच्च जोखिममा रहेको बताइएको छ ।